May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

देश भ्रष्टहरूका लागि स्वर्ग भयो, व्यवस्था फेरौँ: कमल थापा

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन ४, २०८० १६:१५
देश भ्रष्टहरूका लागि स्वर्ग भयो, व्यवस्था फेरौँ: कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक भ्रष्टाचारिहरुको लागि स्वर्ग भएको बताउँदै ब्रम्हलुटको अन्त्य गर्नको निमित्त व्यवस्था र प्रणाली परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

शुक्रबार पार्टीको काठमाडौँ जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भ्रष्टाचार, कुशासन र मनपरितन्त्रले सिमा नाघेको समेत बताए।

अहिलेको मुलुकको समस्या समाधान व्यक्ति परिवर्तनबाट सम्भव नभएको चर्चा गर्दै थापाले प्रणाली र व्यवस्था गर्नुपर्नेमा जोड दिए।

भ्रष्टहरुले उन्मुक्ति पाउने व्यवस्था लामो समय नटिक्ने भन्दै थापाले व्यवस्था परिवर्तनको लागि आन्दोलन अपरिहार्य भएको समेत बताए।

व्यवस्था परिवर्तनको पक्षधरहरुबीच मोर्चा निर्माण गरी आन्दोलनमा जानुपर्ने राप्रपा नेपालको धारणा रहेको भन्दै थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता मुलुकले धान्न नसक्ने दाबी गरे।

सनातन हिन्दुराष्ट्र, राजसंस्था पुनर्स्थापनाको निमित्त आन्दोलनको वातावरण निर्माण गर्न थापाले कार्यकर्ताहरुलाई आग्रह गरे। कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल, राजाराम बर्तौला, श्याम घिमिरे लगायत क्षेत्रीय अध्यक्षहरुले धारणा राखेका थिए।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन ४, २०८० १६:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।