July 3, 2025 | बिहिबार, असार २०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सरकारमा आउने दल निश्चित भएपछि मात्रै सिट बाँडफाँटको टुंगो लगाउने

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २३, २०८० १0:२0
सरकारमा आउने दल निश्चित भएपछि मात्रै सिट बाँडफाँटको टुंगो लगाउने

काठमाडौँ । सत्ता गठबन्धनमा थपिने दलहरूको संख्या निश्चित भएपछि मात्र सिट बाँडफाँटको टुङ्गो लगाउने भएको छ । यस अघि सत्तामा रहेका नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले आन्तरिक छलफल गरेर निर्णय दिने भनेकाले भागबन्डामा प्रवेश नै नभएको कार्यदलका सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

सिट बाँडफाँटका विषयमा टुंगो लगाउन मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बसेको थियो । साँझ ६ बजे प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न कोटेश्वर गएपछि बैठक स्थगित भएको थियो ।

साना दलहरूको निर्णय आएपछि कार्यदलको बैठक बस्ने श्रेष्ठले बताए । कार्यदलको बैठक धेरैबेर बसेन । सरकारमा आउन अन्य दलहरू पनि सकारात्मक छ्न् । उहाँहरूको निर्णय कुरेर बसेका छौँ । त्यसपछि मात्र बैठकको टुंगो लाग्छ’, श्रेष्ठले भने ।

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २३, २०८० १0:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट