May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

कोशी प्रदेशमा फागुन २९ देखि प्रादेशिक ललितकला प्रदर्शनी हुने ; प्रदर्शनीमा कलाकार र कलाकृतिहरुको ओइरो

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २५, २०८० १८:५३
कोशी प्रदेशमा फागुन २९ देखि प्रादेशिक ललितकला प्रदर्शनी हुने ; प्रदर्शनीमा कलाकार र कलाकृतिहरुको ओइरो

नवीन गर्तौला / इटहरी÷कोशी प्रदेशको इटहरीमा आगामी फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म प्रादेशिक ललितकला प्रदर्शनी–२०८० आयोजना गरिने मूल आयोजक समितिका संयोजक तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सञ्जय बान्तवा राईले जानकारी दिए ।

सुनसरीको इटहरी मेट्रिक्स परिसरमा आज शुक्रबार सम्पन्न प्रेस मिटमा राईले सो जानकारी दिएका हुन । प्रदर्शनी नेपाल ललितकला प्रज्ञा प्रतिगठानको आयोजना, इटहरी उपमहानगरपालिकाको सहकार्य र इटहरी मेट्रिक्सको स्थानीय व्यवस्थापनमा हुन लागेको हो ।

प्राज्ञ राईले प्रादेशिक ललितकला प्रदर्शनी–२०८० मा ललितकलाअन्तर्गतका चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, वस्तुकलाका साथै अन्य सृजनात्मक कलाका विधासम्बन्धित कलाकृतिहरुलाई समावेश गरिने बताउँदै अन्य सिर्जनात्मक कलातर्फ छविकला, भिडियो आर्ट, प्रतिस्थापन कला, भावभङ्गिमा कला, कार्टुन, क्यारिकेचर, पोष्टर र डिजिटल कलासमेत प्रदर्शनीमा समावेश गरिने अवगत गराए ।

उनका अनुसार प्रदर्शनीमा समावेश भएका कलाकृतिहरुमध्येबाट प्रतिष्ठानको नियम र मापदण्डका आधारमा निश्चित कलाकृतिहरुलाई विज्ञहरुको टोलीबाट छनौट गरी राष्ट्रिय ललिलतकला प्रतियोगितामा पठाइने छ । राष्ट्रिय प्रदर्शनीमा समावेश कलाकृतिहरुमध्ये उत्कृष्ट ठहर भएका कलाकृतिहरुलाई सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार, ललितकला विधागत पुरस्कार र उत्कृष्ट विद्यार्थी ललितकला पुरस्कार गरी तीन वर्गीकरणमा पुरस्कृत गरिने छ ।

स्थानीय व्यवस्थापनको जिम्मा पाएको इटहरी मेट्रिक्सका अध्यक्ष विक्रमश्रीले प्रादेशिक ललितकला प्रदर्शनी–२०८० का लागि हालसम्म १ सय ४७ जनाले सहाभागिता फारम भरिसकेको जानकारी दिए । उहाका अनुसार ५८ जना चित्रकारका १२१ चित्रकला, ३६ जना मूर्तिकारका ४१ मूर्तिकला, २५ वटा लोककला, १५ वटा वास्तुकला, १२ वटा छविचित्र, २ वटा भिडियो आर्ट, २ वटा पर्फमिङ आर्ट र ५ वटा प्रतिस्थापन कला रहेका छन् ।

मूल आयोजक समितिका सहसंयोजकसमेत रहनुभएका वरिष्ठ कलाकर्मी विक्रमश्रीले हाल प्रदर्शनीका लागि आफ्नै पहलमा आयोजना स्थलको सौन्दर्यीकरण गर्ने र कलाकृतिहरुको डिस्प्ले गर्ने स्थलको निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको पनि जानकारी दिए।

आयोजक समितिले प्रदर्शनीका लागि ३५ लाख बजेट लाग्ने जानकारी दिँदै ललितकलाको दृष्टिले बागमतिपछि देशको दोस्रो अग्रणी स्थानमा रहेको कोशी प्रदेशको प्रदर्शनीमा कलाकृतिहरु र कलाकारहरुको सहभागिता उत्साहजनक देखिएको जनाएको छ । प्रादेशिक ललितकला प्रदर्शनीले कोशी प्रदेशलाई देशको कलाक्षेत्रमा उर्वरभूमिको रुपमा उभ्याउने विश्वास लिन सकिने आयोजक समितिको भनाइ रहेको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २५, २०८० १८:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट