दुई दिनयता देशका विभिन्न ३७ स्थानमा डढेलोका घटना भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, मोरङ, धनुषा, रामेछाप, भक्तपुर, ललितपुर तनहुँ, कास्की, म्याग्दी र कपिलवस्तुका विभिन्न स्थानका जङ्गलमा डढेलोका घटना भएका हुन् । घटनामा मानवीय क्षति नभए पनि एक घरमा क्षति पुगेको छ ।
त्यस्तै सोलुखुम्बुमा तीन, खोटाङमा एक र पाँचथरमा एक परिवार गरी पाँच परिवार प्रभावित हुन पुगेको प्राधिकरणले जनाएको छ ।