May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्त्व : पूर्वराष्ट्रपति भण्डारी

  • साझा परिवेश
  • सोमवार, फाल्गुन ७, २०८० १0:५६
नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्त्व : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेकी छन्।

मुलुकमा तानाशाही शासन व्यवस्थाको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले जारी गरेको शुभकामना सन्देशमा नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्त्व रहेको उल्लेख गरेकी हुन्।

‘विसं २००७ को जनक्रान्तिले नै एकातर्फ राणाहरूको निरङ्कुश पारिवारिक शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गरेको थियो भने अर्कोतर्फ बन्द नेपाली समाजलाई खुलापन र आधुनिकतातर्फ अघि बढ्न मार्ग प्रशस्त गरेको थियो।

त्यसपछिका सात दशकभन्दा लामो अवधिमा पनि निरङ्कुश शासकबाट पटक–पटक प्रजातन्त्रको गला रेट्ने प्रयत्न भएको थियो,’ सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन्।

पूर्वराष्ट्रपतिले लोकतान्त्रिक प्रणालीको स्थायित्वका लागि समाजमा व्याप्त गरिबी, बेरोजगारी र सामाजिक विभेदहरूलाई अन्त्य गरी जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको उल्लेख गर्दै सन्देशमा त्यसका लागि मुलुकमा उद्योग र उद्यमशीलताको विकासमार्फत सुदृढ र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण अपरिहार्य भएको बताएकी छन्।

  • साझा परिवेश
  • सोमवार, फाल्गुन ७, २०८० १0:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।