May 21, 2025 | बुधबार, जेष्ठ ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भविष्यका लागि सरकार संवेदनशील छः उपप्रधानमन्त्री यादव

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ९, २०८० १५:५७
भविष्यका लागि सरकार संवेदनशील छः उपप्रधानमन्त्री यादव

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नागरिकको राम्रो भविष्यका लागि स्वास्थ्य सेवालाई रुपान्तरण गर्दै लैजाने विषयमा सरकार संवेदनशील रहेको जिकिर गर्नु भएको छ।

जेनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएशनको आयोजनामा शुक्रबारदेखि ललितपुरमा सुुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री यादवले सम्मेलनले निकाल्ने निष्कर्ष नेपाल सरकारका लागि पनि उपयोगी हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले सो संस्थाले सेवा प्रवाहको कामलाई अझ व्यवस्थित गर्दै लैजानुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।

नेपालमा कोभिड, भूकम्प लगायतका संकटको बेलामा इमर्जेन्सी मेडिसिन टोलीले नेपालमा खेलेको भुमिकाको प्रशंशा गर्दै उपप्रधानमन्त्री यादवले आउने दिन पनि सो कामलाई अझै व्यवस्थित ढंगले अघि बढाउने अपेक्षा पनि नेपाल सरकारले गरेको बताउनु भयो ।

उपप्रधानमन्त्री यादवले नेपालमा पर्याप्त मात्रामा स्वास्थ्य जनशक्ति नरहेको अवस्थामा स्वयंसेवी संस्थाहरुको भुमिका महत्वपूर्ण हुने गरेको स्मरण पनि गराउनु भयो ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ९, २०८० १५:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट