October 1, 2023 | आइतवार, अशोज १४, २०८०
सुचनाहरु
१९ वर्षमुनिको साफ : पाकिस्तानलाई ३ गोलले हराउँदै भारतले जित्यो उपाधि आजको राशिफल : वि.सं. २०८० असोज १४ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य “रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की चयन मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो गुडिरहेको स्कुटरमाथि रुख खस्दा एकको मृत्यु सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी विद्यालयको छात्रावासमै झुन्डिएको अवस्थामा भेटिए आठ वर्षीय बालक एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा आजको राशिफल : वि.सं. २०८० असोज १३ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य अभिनेता अनमोल केसी पक्राउ डाक्टर कुट्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ : डा. केसी अन्तरिक्षमा ३७१ दिन बिताएर पृथ्वी फर्किए फ्र्यांक रुबियो, राखे नयाँ रेकर्ड डेंगीले दैनिक १४ सय संक्रमित थपिँदै सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढ्यो चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न निर्देशन इटहरीस्थित विराटनगर रोडमा भयानक दुर्घटना, २ जनाको अवस्था चिन्ताजनक सरकारले अर्थ समितिको ८० प्रतिशत निर्देशन मानेन : सभापति चालिसे आफ्नै घरमा मोटर मर्मत गर्दा गर्दै करेन्ट लागेर मृत्यु

कृष्णहरि पुष्करलाई फेरि अर्थसचिवको जिम्मेवारी

  • साझा परिवेश
  • सोमवार, अशोज १, २०८० १२:४८
कृष्णहरि पुष्करलाई फेरि अर्थसचिवको जिम्मेवारी

काठमाडौं– सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुष्करलाई पुनः दोस्रोपल्ट अर्थ मन्त्रालयमा फिर्ता ल्याएको छ। शुक्रबार बसेको बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्दै कृष्णहरिलाई पुनः अर्थ मन्त्रालयको अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद् कार्यालय सरुवा भएका पोखरेल २० वैशाख २०८०मा अर्थसचिव भएका थिए। पोखरेललाई चार महिनामै सरुवा गरिएको हो। दोस्रोपल्ट अर्थसचिवको जिम्मा पाएका कृष्णहरि पुष्पक यसअघि २६ साउन २०७९ मा पनि अर्थसचिवको रुपमा अर्थ मन्त्रालय पुगेका थिए।

पुष्करलाई २१ पुस २०७९ मा अर्थ मन्त्रालयको सचिवबाट सरुवा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको थियो। त्यसलगत्तै उनलाई सामान्य प्रशासन मन्त्रालय पठाइएको थियो।

गत ७ भदौमा विनोदप्रकाश सिंहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएपछि पुष्कर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका थिए।

गत वर्षको बजेट निर्माणका बेला तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बाहिरको मान्छे मन्त्रालय लगेर करका दर हेरफेर गराएको आरोप लागेका बेला पुष्कर राजस्व सचिव थिए। त्यतिबेला अर्थसचिव रहेका मधु मरासिनीले त्यहाँबाट सरुवा मागेर अन्त गएका थिए। तर, कृष्णहरि पुष्करको भने सरुवा गरिएको थिएन।

करका दर हेरफेर आरोपमा संसदीय छानबिनपछि सफाइ पाएलगत्तै अर्थमन्त्री जनार्दनले कृष्णहरिलाई अर्थसचिव बनाएका थिए। १९ साउन २०७९ को मन्त्रिपरिषद् बैठकले राजस्व सचिव रहेका कृष्णहरिलाई अर्थसचिवको जिम्मेवारी दिएको थियो।

  • साझा परिवेश
  • सोमवार, अशोज १, २०८० १२:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट