May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

देश भुराजनीतिक दाउपेचको चपेटामा पर्‍यो- सुमनसिंह सी

  • साझा परिवेश
  • शनिबार, चैत्र १०, २०८० २१:0६
देश भुराजनीतिक दाउपेचको  चपेटामा पर्‍यो- सुमनसिंह सी

बिर्तामोड/ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले नेपाल अहिले शक्तिशाली देशहरूको आपसी शक्तिसंघर्श र भु-राजनीतिको चपेटामा परेकोले समस्या समाधानमा सहकार्यको दायरा बढाउनुपर्ने टिप्पणी गरेका छन।शनिबार बिर्तामोडमा आयोजित `आर्थिक राजनीतिक संकट र त्यसले आमसञ्चारमा पारेको दुस्प्रभाव´ बिषयक अन्तकृयामा बोल्ने क्रममा नेता सुमनसिंहले यस्तो टिप्पणी गरेका हुन् ।

देशको अहिलेको आर्थिक संकटले मिडिया क्षेत्रमा गम्भीर नकारात्मक प्रभाव परिरहेको बेला यसले नागरिकको आवाज र अधिकारसमेत कमजोर पारेको भन्दै नेता सुमनसिंहले संकटको यो परिस्थितिमा बामपंथी, कम्युनिस्ट , देशभक्त र सच्चा लोकतान्त्रिक शक्तिहरुबीच सहकार्य जरुरी रहेको बताए।

मन्तव्यको क्रममा उनले नेपालका हरेक परिवर्तन र आन्दोलनमा अग्रमोर्चामा रहेर अगुवाइ गरिरहेका पत्रकारहरुको जीवन दिनप्रतिदिन असहज भएको तर केही सिमित व्यक्तिहरुको आर्थिक हैसियत रातारात फेरिएको भन्दै आफुहरु यो अवस्था परिवर्तनका लागि लडिरहेको बताए ।

“देशको संविधानमा समाजवाद उन्मुख भनियो, सबै पार्टीहरुले समाजवादी एजेन्डामा भोट पनि मागे तर यसले आम जनता र पत्रकारहरुलाई सडकमै छोड्यो, उनीहरुका समस्या समाधान भएनन्” -नेता सुमनले मन्तव्यको क्रममा भने-” अब समाजवाद उन्मुख मात्रै होइन ,साच्चिकै समाजवाद स्थापनाको दिशामा अगाडि बढ्नुपर्छ।”

मिडियामा देखिएका समस्या र सामग्रीप्रतिको अविश्वसनियताबारे पत्रकारहरूले पनि आत्मसमिक्षा गर्नुपर्ने बेला आएको भन्दै नेता सुमनसिंहले मिडियामा देखिएको आर्थिक संकटको जुन दुस्प्रभाव छ, त्यसको प्रत्यक्ष सम्बन्ध राजनीति र व्यवस्थासंग जोडिएकोले अब नेपाली बिशेशताको समाजवादले मात्रै विद्यमान संकटको दिगो समाधान दिने दाबी गरे।

जनपत्रकार संगठन नेपाल केन्द्रिय समितिको देशव्यापी अभियान अन्तर्गत आयोजित कार्यक्रममा नेकपा स्थायी समिति सदस्य एवम् प्रचारप्रसार बिभाग इन्चार्ज अनिल सी , जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा,पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, प्रेस युनियनका कोसी उपाध्यक्ष ज्ञानेन्द्र निरौला,प्रेस सेन्टरका केन्द्रीय सदस्य लिलाराज झापाली,मिडिया एक्सनका झापा अध्यक्ष नरेन्द्र ढकाल, सञ्चारिका समुह झापा अध्यक्ष लिला अनमोल,प्रेस चौतारीका झापा उपाध्यक्ष प्रदीप परियार, फोनिज झापा अध्यक्ष भुमिका सुब्बा लगायतका वक्ताहरुले मिडियामा परेको प्रभाव र वर्तमान परिस्थितिको बारे धारणा राखेका थिए।

संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा सचिवालय सदस्य शोभराज बरालले मन्तव्यद्वारा स्वागत गरेका थिए भने सचिवालय सदस्य प्रवीण अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए।

  • साझा परिवेश
  • शनिबार, चैत्र १०, २०८० २१:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।