sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

देश भुराजनीतिक दाउपेचको चपेटामा पर्‍यो- सुमनसिंह सी

  • साझा परिवेश
  • शनिबार, चैत्र १०, २०८० २१:0६
देश भुराजनीतिक दाउपेचको  चपेटामा पर्‍यो- सुमनसिंह सी

बिर्तामोड/ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले नेपाल अहिले शक्तिशाली देशहरूको आपसी शक्तिसंघर्श र भु-राजनीतिको चपेटामा परेकोले समस्या समाधानमा सहकार्यको दायरा बढाउनुपर्ने टिप्पणी गरेका छन।शनिबार बिर्तामोडमा आयोजित `आर्थिक राजनीतिक संकट र त्यसले आमसञ्चारमा पारेको दुस्प्रभाव´ बिषयक अन्तकृयामा बोल्ने क्रममा नेता सुमनसिंहले यस्तो टिप्पणी गरेका हुन् ।

देशको अहिलेको आर्थिक संकटले मिडिया क्षेत्रमा गम्भीर नकारात्मक प्रभाव परिरहेको बेला यसले नागरिकको आवाज र अधिकारसमेत कमजोर पारेको भन्दै नेता सुमनसिंहले संकटको यो परिस्थितिमा बामपंथी, कम्युनिस्ट , देशभक्त र सच्चा लोकतान्त्रिक शक्तिहरुबीच सहकार्य जरुरी रहेको बताए।

मन्तव्यको क्रममा उनले नेपालका हरेक परिवर्तन र आन्दोलनमा अग्रमोर्चामा रहेर अगुवाइ गरिरहेका पत्रकारहरुको जीवन दिनप्रतिदिन असहज भएको तर केही सिमित व्यक्तिहरुको आर्थिक हैसियत रातारात फेरिएको भन्दै आफुहरु यो अवस्था परिवर्तनका लागि लडिरहेको बताए ।

“देशको संविधानमा समाजवाद उन्मुख भनियो, सबै पार्टीहरुले समाजवादी एजेन्डामा भोट पनि मागे तर यसले आम जनता र पत्रकारहरुलाई सडकमै छोड्यो, उनीहरुका समस्या समाधान भएनन्” -नेता सुमनले मन्तव्यको क्रममा भने-” अब समाजवाद उन्मुख मात्रै होइन ,साच्चिकै समाजवाद स्थापनाको दिशामा अगाडि बढ्नुपर्छ।”

मिडियामा देखिएका समस्या र सामग्रीप्रतिको अविश्वसनियताबारे पत्रकारहरूले पनि आत्मसमिक्षा गर्नुपर्ने बेला आएको भन्दै नेता सुमनसिंहले मिडियामा देखिएको आर्थिक संकटको जुन दुस्प्रभाव छ, त्यसको प्रत्यक्ष सम्बन्ध राजनीति र व्यवस्थासंग जोडिएकोले अब नेपाली बिशेशताको समाजवादले मात्रै विद्यमान संकटको दिगो समाधान दिने दाबी गरे।

जनपत्रकार संगठन नेपाल केन्द्रिय समितिको देशव्यापी अभियान अन्तर्गत आयोजित कार्यक्रममा नेकपा स्थायी समिति सदस्य एवम् प्रचारप्रसार बिभाग इन्चार्ज अनिल सी , जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा,पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, प्रेस युनियनका कोसी उपाध्यक्ष ज्ञानेन्द्र निरौला,प्रेस सेन्टरका केन्द्रीय सदस्य लिलाराज झापाली,मिडिया एक्सनका झापा अध्यक्ष नरेन्द्र ढकाल, सञ्चारिका समुह झापा अध्यक्ष लिला अनमोल,प्रेस चौतारीका झापा उपाध्यक्ष प्रदीप परियार, फोनिज झापा अध्यक्ष भुमिका सुब्बा लगायतका वक्ताहरुले मिडियामा परेको प्रभाव र वर्तमान परिस्थितिको बारे धारणा राखेका थिए।

संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा सचिवालय सदस्य शोभराज बरालले मन्तव्यद्वारा स्वागत गरेका थिए भने सचिवालय सदस्य प्रवीण अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए।

  • साझा परिवेश
  • शनिबार, चैत्र १०, २०८० २१:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid