कीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नै उमेदवार उठाउने बताएका छन्।
सोमबार काभ्रेको बनेपामा आयोजित पार्टीको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारीहरूलाई शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीका तर्फबाट उमेदवार उठाउने तयारी भइरहेको बताएका हुन्।
उनले उपनिर्वाचनका लागि सम्भव भएसम्म अन्य दलहरूसँग सहकार्य गर्ने नभइ एक्लै चुनाव लड्ने मानसिकताका साथ पार्टीले तयारी गरिरहेको बताए। उनले इलाममा उम्मेदवारी दिने विषयमा माओवादी केन्द्र र समाजवादी मोर्चाभित्र छलफल गर्ने भन्दै बझाङमा उमेदवार खडा गर्न कसैले रोक्न नसक्ने स्पष्ट पारे।