October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सडक मर्मत संभार गर्न जथाभावी रूपमा सडक खनिएका खाल्डाखुल्डी पारिएपछि दुर्घटनाको जोखिम

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ ११:३२
सडक मर्मत संभार गर्न जथाभावी रूपमा सडक खनिएका खाल्डाखुल्डी पारिएपछि दुर्घटनाको जोखिम
बागलुङ नगरपालिकाले बजार एरियाको सडक टालटुल पारि कालोपत्रे गर्न ठेकेदार कम्पनीलाई जिम्मेवारी दिएपछि बागलुङ बजार भित्र जताततै सडक खनेर खाल्डाखुल्डी पारिएको छ ।बागलुङ नगरपालिका वडा नम्बर ३ ट्राफिक चोक देखि वडा नम्बर २ हल्लन चोक ,धौलागिरि चोक भित्रका मुख्य सडक भित्र ठुलो खाल्डाखुल्डी पारिएको कारण सडकमा सवारीसाधन चलाउदा दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।

कामको जिम्मेवारी लिएको ठेकेदार कम्पनीले कामको जिम्मेवारी लिएर सहि ढंगले काम नगर्दा बजारमा समस्या सृजना भएको नगरवासीको भनाइ छ ।

नत प्रशासन छ नत स्थानीय सरकार नै कोहीपनि जिम्मेवार नबनेको कारण बागलुङ बजारमा सडक अस्तब्यस्त बनेको दिनहुँजसो सवारीसाधन दुर्घटनाको जोखिम मोलेर हिड्ने गरेको स्थानीय प्रेमलाल गौतमले बताए ।

बागलुङ नगरपालिकाले नगर भित्रका सडकमा भएको खाल्डाखुल्डी पुर्न १ करोड ४८ लाखको टेण्डर गरेकोमा १ करोड ३२ लाखमा ठेक्का सम्झौता भइ असार सम्ममा काम सम्पन्न गर्ने योजना रहेको बागलुङ नगरपालिकाका प्रमुख्र प्रशासकीय अधिकृत पुरूषोत्तम सापकोटाले बताए ।

 

बागलुङ नगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि ठूलो योजनाको सतह ढल निर्माण गर्ने भनेर बिग्रेको सडक पुर्वाधार नबाइकन बसेको नगरपालिकाले ढल बनाउने योजना कार्वान्यन गर्न नसकेपछि सडकको खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्न लागेको नगरपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिका भित्रको बजार क्षेत्रको सडक गतबर्ष गुणस्तरीय नबनाएको कारण ठाउँ ठाउँमा भत्किएपछि सडक निर्माण गर्न नगरवासीले पटकपटक ताकेता गरेपछि बागलुङ नगरपालिकाले सडक मर्मतसम्भार गर्न टेण्डर खोलेपनि ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गर्दा बागलुङ बजारको सडकमा दुर्घटनाको जोखिम बढेर गएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ ११:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्