sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सर्वोच्चले भन्यो- दुर्गा प्रसाईंका बडीगार्डले हतियार बोकेको कानुनसम्वत देखियो, छाडिदिनू

  • साझा परिवेश
  • बुधबार, चैत्र १४, २०८० 0७:२४
सर्वोच्चले भन्यो- दुर्गा प्रसाईंका बडीगार्डले हतियार बोकेको कानुनसम्वत देखियो, छाडिदिनू

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडीगार्डले हतियार बोकेको विषय कानुनसम्वत रहेको भन्दै तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। बन्दीप्रत्यक्षीकरणको रिटमाथि हिजो सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले हतियारसहित पक्राउ परेका प्रसाईंका बडीगार्ड रामकुमार धिमाल र दीपक खड्कालाई छाड्न आदेश दिएको हो।

लाइसेन्ससहितको हतियार बोक्दा प्रहरीले पक्राउ गरेको भन्दै उनीहरुका परिवारले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

उनीहरु यही चैत ५ गते सर्वोच्च परिसरबाट हतियारसहित पक्राउ परेका थिए। उनीहरूका साथबाट लाइसेन्स प्राप्त हतियार, त्यसमा लाग्ने गोली बरामद गरिएको थियो। उनीहरुको साथबाट जर्मनीमा बनेको स्वचालित हतियार र त्यसमा लाग्ने १०० थान गोलीका साथै चार थान म्यागेजिन पनि बरामद गरिएको थियो ।

अदालत भित्र हतियार लैजान नपाइने भएकाले अर्का बडिगार्ड धिमाललाई बोक्न दिनुलाई अन्यथा भन्न नमिल्ने अदालतले उल्लेख गरेको छ। आदेशमा इजाजत लिएर सर्तसहित हतियार बोकी हिंडेको कार्यलाई प्रचलित कानूनले कसुर गरेको नदेखिएको भनिएको छ।

सर्वोच्चले इजाजतपत्र दिन नहुने हतियार बोक्नका लागि इजाजत दिएको विषयमा भने छानबिन गर्न आदेश दिएको छ । आदेशमा न्यायिक निकाय वा अन्य सम्वेदनशिल क्षेत्रमा कुनै पनि हतियार लिई प्रवेश गर्न नपाउने सम्बन्धमा अविलम्ब आवश्यक कानूनी व्यवस्था गर्नु भनी गृह मन्त्रालयको नाउँमा आदेश जारी भएको छ।

  • साझा परिवेश
  • बुधबार, चैत्र १४, २०८० 0७:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid