May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

विराटनगरमा शंकास्पद ‘विष्फोटक’ भेटियो

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १0:३४
विराटनगरमा शंकास्पद ‘विष्फोटक’ भेटियो

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका–३ मा विष्फोटक पदार्थ राखिएको जस्तो अवस्थामा प्रेसर कुकर फेला परेको छ । टेपले बाँधेको प्रेसर कुकर बेवारिस अवस्थामा भेटिएको हो ।

हिजो साँझ उक्त बस्तु देखिएपछि प्रहरी टोली सोही क्षेत्रमा बसेर निगरानी गरेको थियो । उक्त स्थान आसपास क्षेत्रमा आवतजावतमा रोक लगाएर निगरानी गरिएको हो ।

उक्त शंकास्पद ‘कुकर बम’ डिस्पोज गर्न नेपाली सेनाको टोली परिचालन गर्ने तयारी भएको जनाइएको छ ।

सेनासँगको समन्वयमा उक्त शंकास्पद बस्तुबारे अनुसन्धान र आवश्यक परे डिस्पोज गर्ने तयारी भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
उक्त शंकास्पद बस्तु राख्ने काममा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु यसअघि नेत्रविक्रम चन्द विप्लव समूहमा आवद्ध रहेको खुले पनि उनीहरुबारे विस्तृत विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।

उनीहरुले विप्लव समूहबाट अलग भएर विद्यालय र अरु संस्थाहरुमा चन्दा आतंक मच्चाइरहेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १0:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।