April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्? 

झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

  • साझा परिवेश
  • बुधबार, चैत्र १४, २०८० १९:२१
झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा । झापामा जङ्गली हात्तीले एक दम्पतीमाथि आक्रमण गरेको छ । हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ श्रीमान् घाइते भएका छन् ।

शिवसताक्षी नगरपालिका- ११ दुधेस्थित रतुवामाई वृक्षारोपण आयोजनामा बुधबार साँझ साढे ५ बजेको समयमा दाउरा लिन गएका शिवसताक्षी- ११ का ६० वर्षीया पवित्रा भेटवालको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

त्यस्तै उनका श्रीमान् ६२ वर्षीय दिलीप भेटवाल गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटि अस्पताल पठाइएको प्रहरी निरीक्षक गिरीले बताए ।

दुई वटाको सङ्ख्यामा आएका हात्तीले भेटवाल दम्पतीलाई आक्रमण गरेका थिए । घटनामा कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र १४, २०८० १९:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट