July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

स्टारभन्दा अहिले फिल्मको विषयवस्तुलाई दर्शकले दिन्छन प्राथमिकता

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १५:१३
स्टारभन्दा अहिले फिल्मको विषयवस्तुलाई दर्शकले दिन्छन प्राथमिकता

काठमाडौं 

वैशाख १ गते प्रदर्शनको तयारीमा रहेको ‘नाइँ नभन्नु ल ६’ प्रतीक्षित फिल्ममध्ये एक हो । ब्राण्ड भ्यालुले यो फिल्म दर्शकमाझ चर्चित छ । निर्देशक विकास आचार्यले पाँच वर्षपछि ल्याएको छैटौं सिक्वेलमा यसपटक बाल–युवा प्रेम तथा पारिवारिक सम्बन्धको कथावस्तु प्रस्तुत गरिएको छ ।

फिल्मबाट आशिर्वाद क्षेत्रीले अभिनय करिअरमा पाइला टेकेका छन् । फिल्ममा उनी आँचल शर्माको जोडीको रुपमा प्रस्तुत छन् । हुन त ‘नाइँ नभन्नु ल’ सिरिज नै अभिनेता–अभिनेत्री उत्पादन गर्ने कारखाना हो, जहाँबाट जीवन लुइँटेल, पल शाह, वर्षा सिवाकोटी, वर्षा राउत, आँचल शर्मा र अनुभव रेग्मीले करिअर सुरु गरे ।

छैटौं श्रृंखलाबाट डेब्यु गरेका आशिर्वाद सुन्दा गम्भीर लाग्छन् । सप्ताहन्तमा उनले फिल्मलाई लिएर अनलाइनखबरसँग गफगाफ गरे । मोडलिङ करिअरको पृष्ठभूमि बोकेका आशिर्वाद यो फिल्ममा तीन वर्षदेखि सक्रिय छन् । सुगठित शरीर र एक्सन फिल्ममा रुचि राख्ने उनी नेपालमा सौगात मल्ल र बलिउडमा रणवीर कपुरका प्रशंसक रहेछन् ।

‘नाइँ नभन्नु ल’का अघिल्ला सबै सिरिज हेरिसकेका आशिर्वादलाई लाग्छ यसको दोस्रो श्रृंखला उनका लागि सबैभन्दा महत्वपूर्ण हो । उक्त फिल्ममा भावनाको बेग रहेको उनको निष्कर्ष छ । तर छैटौं श्रृंखला यो सिरिजकै उत्कृष्ट फिल्म बन्ने उनले दाबी गरे । ‘यो सिक्वेलमा कन्टेन्ट नै महत्वपूर्ण छ । पछिल्लो समय दर्शक बाठो भइसक्नुभयो । उहाँहरु स्टारभन्दा फिल्मको कन्टेन्ट नै हेर्नुहुन्छ,’ उनी भन्छन् ।

स्टारभन्दा अभिनेता बन्नु नै आफ्नो प्राथमिकता रहेको बताउने आशिर्वादको यसबारे आफ्नै तर्क छ । ‘स्टारमा केही सीमितता हुन्छन् जस्तो लाग्छ । एक्टर भएपछि हामी हरेक पात्रमा खेल्न सक्छौं तर स्टारमा त्यो लाभ हुँदैन । भिन्नता यही नै हो,’ उनी भन्छन् । अबको १० वर्षमा अब्बल कलाकार बन्ने संकल्प अशिर्वादको छ । भन्छन्, ‘यसका लागि मलाई दर्शकको माया चाहिन्छ । ध्यान नै एक्टर बन्नेतर्फ केन्द्रित हुनेछ ।’

फिल्ममा आशिर्वाद र आँचल रोमान्टिक जोडीको रुपमा प्रस्तुत छन् । उनले को–एक्टर आँचललाई ‘स्वीट’ भन्दै प्रशंसा गरे । आफूहरु ए स्क्वायर जोडीको रुपमा चिनिन चाहेको उनी बताउँछन् । आँचल पनि आशिर्वाद डेब्यु कलाकारजस्तो नभएर परिपक्व जस्तो लाग्ने बताउँछिन् । ‘अभिनय र व्यवहार पनि परिपक्व । ऊ कडा मेहनत गर्छ र परिपक्व पनि छ,’ आँचल भन्छिन् ।

आँचल छैटौं श्रृखंलालाई अघिल्ला सिरिजभन्दा भिन्न रहेको दाबी गर्छिन् । ‘स्क्रिप्ट र कन्टेन्ट दमदार छ । हेर्दा लाग्छ, यसले २० औं श्रृंखलासम्म लिगेसी मेन्टेन गर्छ,’ उनी भन्छिन्, ‘अहिलेसम्मको जर्नी हेर्दा छैटौं भागको कथा भिन्न छ । रोचक कथा, समाजका घटनालाई चित्रण गरिएको छ । पहिला बाल कलाकारलाई पनि स्पेस दएर लभस्टोरी देखाइन्थ्यो । यसमा चाहिं भावनात्मक रुपमा विचलित पात्रलाई एकैठाउँमा उभ्याइएको छ ।’


अलग जनराका फिल्मको अफर आए खुसी हुने बताउँदै आँचलले रेखा थापाको फिल्मबाट अफर आएको पुष्टि गरिन् । ‘हो मलाई अफर आएको हो । स्क्रिप्टको कुरा पनि भएको हो । त्यसपछि कुरा भएको छैन,’ उनले भनिन् । उनले पटकपटक आफूलाई लिएर भइरहने विवादलाई लिएर असन्तुष्टि पनि व्यक्ति गरिन् । ट्रोल र मिमबारे उनी आक्रामक सुनिइन् । यसै साताबाट आँचलको फिल्म करिअर सात वर्षमा प्रवेश गरेको छ र यसबीच उनले नौ वटा फिल्ममा अभिनय गरिसकेकी छन् ।

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १५:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्