April 17, 2025 | बिहिबार, बैशाख ५, २०८२
सुचनाहरु
विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान  २ महिनापछि सकुल भेटिईन् महाकुम्भमा हराएकी रोशनी  घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, कति पुग्यो?  २ बर्षदेखि घाइते कप्तान सिद्धान्त लोहनीको उपचारमा क्यानले देखाएन चासो  फेरि आयो सलमान खानलाई मार्ने धम्की १ बर्षमा २ लाख भन्दा बढिले गरे पाथिभरा माताको दर्शन कक्षा १२ को परिक्षा वैशाख ११ देखि, तर शिक्षक सहभागी नहुने आजदेखि नयाँवर्ष २०८२ सुरु, यसरी सुरुवात गर्नुहोस् नयाँ बर्षको अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने?  ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन

आगलागी पीडितको स्थायी घर निर्माणका लागि पहल गर्दै मुख्यमन्त्री कार्की

  • साझा परिवेश
  • बिहिबार, चैत्र १५, २०८० १0:२९
आगलागी पीडितको स्थायी घर निर्माणका लागि पहल गर्दै मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको रंगेलीस्थित सन्थाल बस्तीमा भएको आगलागी पीडित परिवारको वासस्थानलाई स्थायी समाधानका लागि पहल गरिरहेको बताएका छन् । पीडित परिवारसँग प्रत्यक्ष भेट गरी वासस्थानका लागि स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक संघसस्थाको सहकार्यमा वासस्थानको स्थायी समाधान गरिने बताएका हुन् ।

यही चैत्र ३ गते सन्थाल समुदायको बसोबास रहेको सो ठाउँमा आगलागीबाट २३ वटा घर जलेर नष्ट भएको थियो । सन्थाल बस्ती सुकुम्वासी बस्ती हो । उनीहरूले दैनिकरुपमा गुजारा गरेर जीविकोपार्जन गर्दै आएका छन् । प्रत्यक्ष भेटका क्रममा मुख्यमन्त्री कार्कीले अब विपन्नले विपन्न मात्रै नभई सम्पन्न बन्ने अभियानमा लाग्नुपर्ने बताए । ‘उनले भने, यो दुःखदायी अवस्था भए पनि यसलाई असारको हिलो सम्झनुहोस्, जहाँ केही मिहिनेत गरियो भने, मङ्सिरमा अन्न भित्राउन पाइन्छ ।’

  • साझा परिवेश
  • बिहिबार, चैत्र १५, २०८० १0:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट