July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

बैठक सुरु नभएपछि सांसदको आक्रोश

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ४, २०८० १२:२९
बैठक सुरु नभएपछि सांसदको आक्रोश

काठमाडौं । प्रतिनिधि सभाको बैठक निर्धारित समयमा सुरु नभएपछि सांसदले सामाजिक सञ्जालमा असन्तुष्टि पोखिरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले ट्टवीट गरेका छन्, ‘पहिलो लहरमा बस्नुहुने सत्ता गठबन्धनका माननीयहरू अझैसम्म उपस्थित हुनुभएन, सदन ५० मिनेट ढिलो भइसक्यो ।’ शुक्रबार प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्न सोध्ने कार्यक्रम (प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम) छ ।

संसद सचिवालयले प्रश्न सोध्ने सांसदहरुको प्रश्नको विषय लिएर स्वीकृति समेत प्रदान गरिसकेको छ । प्रत्यक्ष प्रश्नोत्तर अगाडि प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल चलिरहेको छ । छलफल लम्बिएका कारण निर्धारित समय भन्दा एक घण्टा ढिलो हुँदा पनि प्रतिनिधि सभाको बैठक सुरु हुन सकेको छैन ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ४, २०८० १२:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्