May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

कानुनभन्दा माथि कसैले काम गर्न दबाब दिए मलाई भन्नुस् : गृहमन्त्री लामिछाने

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० १५:५५
कानुनभन्दा माथि कसैले काम गर्न दबाब दिए मलाई भन्नुस् : गृहमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकका गुनासाे सम्बाेधनमा प्राथमिकता दिन सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन्।

शुक्रबार जिल्ला प्रशासन कार्यालय, झापामा आयाेजित कार्यक्रममा गृहमन्त्री लामिछानेले नागरिकलाई आशा र उत्साह जगाउन सकारात्मक सन्देश जाने गरी काम गर्न निर्देशन दिएका हुन्।

‘कानुनले दिएकाे जिम्मेवारी पूरा गर्नुस्। कानुनभन्दा माथि कसैले काम गर्न दबाब र प्रभाव दिए मलाई भन्नुस्’, उनले भने, ‘नागरिकका गुनासाे सम्बाेधनमा प्राथमिकता दिनुहाेस्। गुनासाे लिएर तपाईंभन्दा माथि काेही जानू नपराेस्। नागरिकलाई आशा र उत्साह जगाउन सकारात्मक सन्देश जाने गरि काम गर्नुपर्छ।’

गृहमन्त्रीले कामका लागि निर्देशन कुर्ने हाेइन, आइडिया लगाएर काम गर्नुपर्ने बताए। ‘म प्रश्न साेध्नेबाट जवाफ दिने ठाउँमा पुगेकाे छु। अब तपाईंहरुले गर्ने काम नै मेराे जवाफकाे आधार हाे। मलाई नाजवाफ बनाउनुहुन्छ कि स्पष्ट जवाफ दिने? तपाईंहरुकाे हातमा छ। त्यही अनुसार काम गर्नुस्’, उनले भने।

उनले थपे, ‘आम नागरिकलाई सेवा दिनु नै तपाईं-हाम्रो जिम्मेवारी हाे। राजनीतिक रूपमा सरकार आउँछन्-जान्छन्। स्थायी सरकार (कर्मचारी)ले नागरिककाे सेवालाई प्राथमिमकता दिनुपर्छ’, गृहमन्त्री लामिछानेले भने, ‘पीडितभन्दा पीडक पहिला प्रशासन प्रहरीमा आउने, उनीहरुसँगै प्रशासन प्रहरीकाे हिमचिम गर्ने प्रवृत्ति अन्त्य हुनैपर्छ।’

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसमेत उपस्थित रहेकाे कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्ताेलाले जिल्लाकाे वस्तुस्थिति, सेवा प्रवाह, सुरक्षालगायत विषयमा गृहमन्त्री समक्ष ब्रिफिङ गरेका थिए।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० १५:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट