sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कानुनभन्दा माथि कसैले काम गर्न दबाब दिए मलाई भन्नुस् : गृहमन्त्री लामिछाने

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० १५:५५
कानुनभन्दा माथि कसैले काम गर्न दबाब दिए मलाई भन्नुस् : गृहमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकका गुनासाे सम्बाेधनमा प्राथमिकता दिन सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन्।

शुक्रबार जिल्ला प्रशासन कार्यालय, झापामा आयाेजित कार्यक्रममा गृहमन्त्री लामिछानेले नागरिकलाई आशा र उत्साह जगाउन सकारात्मक सन्देश जाने गरी काम गर्न निर्देशन दिएका हुन्।

‘कानुनले दिएकाे जिम्मेवारी पूरा गर्नुस्। कानुनभन्दा माथि कसैले काम गर्न दबाब र प्रभाव दिए मलाई भन्नुस्’, उनले भने, ‘नागरिकका गुनासाे सम्बाेधनमा प्राथमिकता दिनुहाेस्। गुनासाे लिएर तपाईंभन्दा माथि काेही जानू नपराेस्। नागरिकलाई आशा र उत्साह जगाउन सकारात्मक सन्देश जाने गरि काम गर्नुपर्छ।’

गृहमन्त्रीले कामका लागि निर्देशन कुर्ने हाेइन, आइडिया लगाएर काम गर्नुपर्ने बताए। ‘म प्रश्न साेध्नेबाट जवाफ दिने ठाउँमा पुगेकाे छु। अब तपाईंहरुले गर्ने काम नै मेराे जवाफकाे आधार हाे। मलाई नाजवाफ बनाउनुहुन्छ कि स्पष्ट जवाफ दिने? तपाईंहरुकाे हातमा छ। त्यही अनुसार काम गर्नुस्’, उनले भने।

उनले थपे, ‘आम नागरिकलाई सेवा दिनु नै तपाईं-हाम्रो जिम्मेवारी हाे। राजनीतिक रूपमा सरकार आउँछन्-जान्छन्। स्थायी सरकार (कर्मचारी)ले नागरिककाे सेवालाई प्राथमिमकता दिनुपर्छ’, गृहमन्त्री लामिछानेले भने, ‘पीडितभन्दा पीडक पहिला प्रशासन प्रहरीमा आउने, उनीहरुसँगै प्रशासन प्रहरीकाे हिमचिम गर्ने प्रवृत्ति अन्त्य हुनैपर्छ।’

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसमेत उपस्थित रहेकाे कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्ताेलाले जिल्लाकाे वस्तुस्थिति, सेवा प्रवाह, सुरक्षालगायत विषयमा गृहमन्त्री समक्ष ब्रिफिङ गरेका थिए।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० १५:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid