May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

उदयपुरमा आगलागीले अढाई करोड बराबरको क्षति पुर्यायो

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १२:५२
उदयपुरमा आगलागीले अढाई करोड बराबरको क्षति पुर्यायो
  • आगलागी हुँदा अढाई करोड रुपैयाँबराबरको क्षति
  • अटो पार्ट्स पसल जलेर पूर्ण रूपमा नष्ट
  • सात पसल स्काभेटर लगाएर भत्काइयो 

काठमाडौं ।।

उदयपुर सदरमुकाम गाईघाटमा आगलागी हुँदा अढाई करोड रुपैयाँबराबरको क्षति भएको छ । राज अटो पार्ट्स पसलबाट विद्युत् सर्ट भई सुरु भएको आगलागीले पाँच पसलमा पूर्ण र पाँच पसलमा आंशिक क्षति भएको छ ।आगलागीबाट राज अटो पार्ट्स पसल जलेर पूर्ण रूपमा नष्ट हुँदा करिब ७० लाख रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सोही आगलागीमा इजिकुल इन्जिनियरिङ सेन्टर पूर्ण रूपमा जलेर नष्ट भएको छ । महालक्ष्मी अटो पार्ट्सलगायत पसल पनि जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।आगो नियन्त्रणमा लिन सो क्षेत्रका सात पसल स्काभेटर लगाएर भत्काइएको थियो ।

आगलागीबाट ग्यारेजमा मर्मत गर्न राखिएका नयाँ र पुराना गरी कम्तीमा ५० थान मोटरसाइकल तथा मोटर र लेथ मेसिनसहित विभिन्न यन्त्र-उपकरण जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयले त्रियुगा, चौदण्डीगढी नगरपालिका र रौतामाई गाउँपालिकाको दमकलको सहयोगमा झन्डै डेढ घण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए ।

 

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १२:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।