सोमबार नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालय अनामनगरमा नेताहरूबीच हात हालाहाल भयो। केन्द्रीय समितिको बैठकअघि आफूहरूमाथि आक्रमण भएको केन्द्रीय सदस्यहरू रमेश विश्वकर्मा, रामलाल डगौरा थारू लगायतले दाबी गरे।
टीकापुर नगरपालिकाका मेयर समेत रहेका थारूका अनुसार उनीहरूमाथि पार्टीका संरक्षक रेशमलाल चौधरीकै उपस्थितिमा कुटपिट भएको हो।
उनले भने, ुमिटिङका लागि टीकापुरबाट यहाँ आएका छौँ। पार्टीका अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले बोलाएपछि हामी जम्मा हुँदै थियौँ। पाँच जना संस्थापन सदस्य त्यहाँ उपस्थित भयौँ। कसले आक्रमण गरेको हो भन्ने रेशम दाइलाई थाहा होला।
उनले आज भौतिक आक्रमण भएकोप्रति डर नभए पनि हिजो चौधरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्ने चेतावनी दिएको सुनाए।