sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उभौलीले जगतबाट विच्छेद होइन एकाकार हुन सन्देश दिएको छ: मुख्यमन्त्री कार्की

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० 0९:१२
उभौलीले जगतबाट विच्छेद होइन एकाकार हुन सन्देश दिएको छ: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किराँत समुदायको महान् चाड ‘उभौली पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री कार्कीले आज विज्ञप्ति जारी गर्दै उभौली पर्व, प्रकृति पूजक वा धर्ती पूजक, अर्थात् नेपालका किराँत समुदायभित्रका विभिन्न जातिले मनाउने प्रसिद्ध पर्व भएको उल्लेख गरेका छन्। यसको अर्को नाम ‘साकेला पर्व’ पनि हो। उभौली पर्वलाई ऋतु परिवर्तनको सङ्केत दिने पर्वका रुपमा पनि मनाउने गरिन्छ।

वैशाख शुक्ल पूर्णिमादेखि एक महिनासम्म मनाइने उभौली पर्व वसन्त ऋतुमा पर्दछ। यस पर्वको पहिलो दिन ‘चण्डी नाच’ नाच्ने चलन छ, जसमा प्रकृतिको आराधना गरिन्छ। यसरी ‘चण्डी नाच’ नाचिने पर्व भएकाले यस पर्वको पहिलो दिन ‘चण्डी पूर्णिमा’को नामले पनि परिचित छ।

बालीनाली रोप्ने र लगाउने कार्य गर्ने यामलाई किराँतीले ‘उभौली पर्व’ र बाली घर भित्र्याइने यामलाई ‘उद्यौली पर्व’को रुपमा मानिन्छ। यी दुवै याममा किराँत समुदायले प्रकृतिको पूजा-आजा गरी पर्व मनाउनने गर्दछन् । यस समुदायले प्रकृतिमा रहेका रहेका हरेक तत्वजस्तै भूमि, जल, अग्नि, आकाश, वायु चन्द्र, सूर्य पशुपन्छी र वनस्पतिको पूजा गर्ने गर्दछन्।

‘यस पूजाआजाको मूल सन्देश भनेको यी सबै तत्व प्रति आभारी रहेर बाँच्नु र सधैँ तिनीहरुसँग कृतज्ञ रहनु नै हो। अर्थात् जगत्का हरेक प्रणाीले ‘जगत्बाट विच्छेद भएर होइन एकाकार भएर बाँच्नुपर्छ’ भन्ने महत्वपूर्ण सन्देश दिएको छ’, मुख्यमन्त्री कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मुख्यमन्त्री कार्कीले मानव र प्राकृतिसँग गोहिरो सम्बन्ध रहेको उभौली पर्वले सम्पूर्ण नेपालीबीच आपसी एकता, सहयोग र सद्भाव अभिवृद्धि गरी सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० 0९:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid