sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशतः विश्व बैंक

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २०, २०८० १६:२७
यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशतः विश्व बैंक

काठमाडौं । विश्व बैंकले आर्थिक वर्ष २०२४ मा नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ‘साउथ एसिया डेमलपमेन्ट अपडेट’मा निजी क्षेत्रको लगानी बढ्न नसकिरहेको बेला पनि पर्यटन पुनरुत्थान र जलविद्युत निर्यातको बढ्दो गतिले यस वर्ष ३.३ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण उल्लेख छ ।

पछिल्ला महिनाहरूमा रेमिट्यान्स निरन्तर बढिरहेकाले निजी उपभोगसमेत बढ्ने सम्भावना रहेको बताइएको छ । यसअघि विश्व बैंकले नै नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण गरेकोमा अहिले केही घटाएको हो । सन् २०२५ मा भने नेपालको आर्थिक वृद्धिदर ४.६ प्रतिशत हुने प्रक्षेपण पनि विश्व बैंकको छ ।

यद्यपि यो प्रक्षेपण बहुचुनौतीसहितको छ, जसमध्ये भारत, खाडी मुलुक र मलेसियाजस्ता साझेदार मुलुकहरुको सुस्त वृद्धि पर्दछ, जसका कारण विप्रेषण र पर्यटनमा गिरावट आउन सक्ने उल्लेख छ । त्यसका लागि व्यावसायिक वातावरणमा सुधारको उद्देश्यसहित धेरै निजी लगानी आकर्षित गर्न जरुरी हुनेछ, जसले मध्यकालीन वृद्धिलाई सहायता पुर्याउने बताइएको छ ।

विश्व बैंकले ’सुधाारको बाटोमा नेपालको अर्थतन्त्र, तर न्यून निजी लगानी’ शीर्षक तय गरिएको पछिल्लो नेपाल डेभलपमेन्ट अपडेटले यस्तो प्रक्षेपण गरेको हो ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २०, २०८० १६:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid