May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

देउसीमा संकलित रकम अनाथ बालबालिकालाई

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १२:४0
देउसीमा संकलित रकम अनाथ बालबालिकालाई

विराटनगर । धनकुटाका पत्रकारहरूले देउसी खेलेर संकलन गरेको रकमले अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । धनकुटाको श्रीपञ्चमी पार्कस्थित बाल पुनःस्थापना केन्द्रमा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।

पत्रकार महासंघका कोषाध्यक्षसमेत रहेका प्रेस चौतारीका अध्यक्ष रविन कटेलसहितको टोलीले चार दिन देउसीभैलो खेलेका थिए । सोही रकमबाट पुनःस्थापना केन्द्रका १३ जना बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको देउसीभैलो कार्यक्रमका समन्वयकर्ता रमेशचन्द्र अधिकारीले जानकारी दिए ।

उनीहरूलाई कपी, कलम, पेन्सिल, इरेजर, ड्रोइङ पेपर लगायत शैक्षिक सामग्री प्रदान गरिएको हो । पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता बराइली, पूर्व केन्द्रिय सदस्य गोपाल बराइली, महासंघका जिल्ला अध्यक्ष नगेन्द्र राई, सचिव हरीबहादुर लम्जेल, सल्लाहकारहरू सन्तवीर लामा, भेषराज कटेल, सोविस चेम्जोङ, सन्तोष रुचाल, पत्रकारहरू मानवी तामाङ, जानु तामाङ, सन्तोष सुवेदी, कुमार बस्नेत, विपिन दाहाल लगायतले सामग्री हस्तान्तरण गरेका छन् ।

पुनःस्थापना केन्द्रमा आश्रित बालबालिकाहरूलाई पढाईमा केही सहयोग पुर्याउने उद्देश्यले देउसीभैलोको पैसाबाट सहयोग प्रदान गरिएको देउसी टोलीका समन्वयकर्ता सन्तवीर लामाले जानकारी दिए ।

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १२:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

छुटाउनुभयो कि?