May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

चामलभित्र लागुऔषध ओसारपसार गर्ने २ जना पक्राउ

  • साझा परिवेश
  • आइतवार, बैशाख ९, २०८१ १५:३६
चामलभित्र लागुऔषध ओसारपसार गर्ने २ जना पक्राउ

काठमाडौँ भित्रदै गरेको चामलको बोराभित्र लागुऔषध भेटिएपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको खडन नगरपालिका– ११ बस्ने ४७ वर्षीय राम लोचन मुखिया र सप्तरीकै बरहथवा नगरपालिका– ११ घर भइ काठमाडौँ बस्ने वर्ष ४७ कै कमल अधिकारी रहेका छन्।

प्रहरीले दुई वटा चामलको बोराभित्रबाट एम्पुल नामको आगुऔषध ट्याबलेट २ हजार ४ सय ७८ र नाइट्रोभेट ३ हजार ३ सय ८ ट्याबलेट बरामद गरेको छ।

उक्त लागुऔषध रामलोचनले काठमाडौँ भित्र्याउन थालेका थिए। रामचोलनले भित्र्याएको लागुऔषध अधिकारीले बिक्रिविरतण गर्ने गरेकाले उनलाई पनि पक्राउ गरिएको आगुऔषध नियन्त्रण ब्यूरा काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

उक्त लागुऔषध यही शुक्रबार बैशाख ६ गते थोनकोट चेकपेष्टमा प्रहरीले चेकजाँच गर्दा फेला परेको थियो।

  • साझा परिवेश
  • आइतवार, बैशाख ९, २०८१ १५:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।