May 24, 2024 | शुक्रबार, जेष्ठ ११, २०८१
सुचनाहरु
दीपेन्द्रले चोटका कारण ह्युस्टनसँगको २ अभ्यास खेल गुमाउने बालेनले संघीय सरकारलाई भने– कि आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदल बैठक सुरु सिरोहियालाई म्याद थपका लागि अदालत लैजाने प्रहरीको तयारी प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबिच भेटबार्ता आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै कस्तो रहला आजको मौसम ? सन्दीपको भिसाका लागि दबाब अभियान सुरु काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत महिला क्रिकेट एशिया कप खेल्ने प्रारम्भिक टिमको घोषणा खानेपानीको कुच्चिएको जार तथा बोतलहरूमा महानगरको नजर आज २५६८औं बुद्ध जयन्ती मनाइँदै सुनको भाउ घट्यो १५.५४ अंकले बढ्यो नेप्से सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति पोखराको चक्रदेवी सहकारी संस्थामा तोडफोड, ९ जना पक्राउ रास्वपाले भन्यो- अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन केदार कार्कीले दायर गरेको रिट ढुंगाना र ढकालको संयुक्त इजलासमा कैलाश सिरोहिया पक्राउबारे बढ्ता होहल्ला गर्न जरुरी छैन : प्रधानमन्त्री कान्तिपुरका अध्यक्ष सिरोहियालाई धनुषा अदालतमा उपस्थित गराइयो

ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने

  • साझा परिवेश
  • बिहिबार, बैशाख १३, २०८१ १४:२६
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने

काठमाडौं । चर्चित पत्रकार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने भएका छन् । बिहीबार फिल्मका निर्माताले धमलासँग कागजी सम्झौता गरेका हुन् ।

फिल्ममा धमलाले पत्रकारकै भूमिका निर्वाह गर्ने निर्देशक निगम श्रेष्ठले जानकारी दिएका छन् । धमला फिल्मको छायांकनका लागि बैशाख तेस्रो साता लमजुङस्थित भुजुङ गाउँ जाने भएका छन् । उनले यसअघि २०१६ मा रिलिज भएको फिल्म ‘हाउ फन्नी’मा पहिलोपटक काम गरेका थिए ।

‘छड्के’ निर्देशक निगम श्रेष्ठले निर्देशन गर्ने यस फिल्ममा विशाल ताम्राकार र महेश लामिछानेको संयुक्त निर्माण रहेको छ । फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठसहित लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ लगायतको पनि अभिनय रहनेछ । फिल्म लमजुङ बाहेक गोरखा र चितवनमा छायांकन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १३, २०८१ १४:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्