April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु

  • साझा परिवेश
  • आइतवार, बैशाख १६, २०८१ ११:0२
तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु

काठमाण्डौ – काठमाण्डौमा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु भएको छ । देशमा स्वदेशी तथा विदेशी लगानी भित्राउने उद्धेश्यले आयोजित लागनीको सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन ।

सम्मेलनमा पालिका, प्रदेश, संघ र निजी क्षेत्रका गरी एक सय ५० परियोजना प्रस्तुत गर्ने तयारी छ । दुईदिने सम्मेलनमा नेपालसहित ५५ देशका एक हजार छ सयभन्दा धेरै लगानीकर्ताको सहभागिता रहने नेपाल लगानी बोर्डले जनाएको छ ।

उद्घाटन कार्यक्रममा सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल लगानीका लागि उपयुक्त देश रहेको बताउनुभयो । उनले दुई दिनसम्म चल्ने सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको पनि बताए ।

नेपालका आर्थिक सूचक स्थिर र सकारात्मक बन्दै गएको भन्दै नेपालले पछिल्लो समय स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र कृषि आधारित उद्योगका क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेको बताए । सम्मेलनमा छ वटाभन्दा बढी सत्र सञ्चालन हुनेछन् ।

ऊर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य तथा शिक्षालगायत विविध क्षेत्रका परियोजना रहेको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । संघ, प्रदेश र पालिकाका एक सय १९ र निजी क्षेत्रका ३१ परियोजना छन् । पहिलो दिन आज उद्घाटन सत्र र दुईवटा मुख्य सत्र रहेका छन् । त्यस्तै, दोस्रो दिन भोलि ११ समानान्तर सत्र सञ्चालन हुनेछन् ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १६, २०८१ ११:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट