May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

निर्माण व्यवसायीलाई सरकारले ५० अर्ब भुक्तानी दिन बाँकी

  • साझा परिवेश
  • आइतवार, साउन २१, २०८० १४:१९
निर्माण व्यवसायीलाई सरकारले ५० अर्ब भुक्तानी दिन बाँकी
  • ऋण लिएर भए पनि निर्माण व्यवसायीले गरेको कामको भुक्तानी गर्नुपर्छ 
  • सरकारले तत्काल भुक्तानी दिन नसक्ने अभिव्यक्तिपछि महासंघका अध्यक्ष असन्तुष्ट
  • निर्माण उद्योगलाई ध्वस्त बनाउने काम सरकारले गर्नु हुन्न

काठमाडौं ।।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले ऋण लिएर भए पनि निर्माण व्यवसायीले गरेको कामको भुक्तानी दिनुपर्ने बताएका छन् ।

शनिबार अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट अभावका कारण निर्माण व्यवसायीहरुलाई सरकारले तत्काल भुक्तानी दिन नसक्ने अभिव्यक्ति दिएका थिए । आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष सिंहले विदेशबाट अनुदान मागेर, ऋण लिएर, आन्तरिक ऋण लिएर वा जुनसुकै माध्यमबाट भए पनि निर्माण व्यवसायीको भुक्तानी दिनुपर्ने बताए ।

‘‘ऋण उठाउँछौं, अनुदान माग्छौं, वैदेशिक ऋण ल्याउँछौं र आन्तरिक ऋण उठाउँछौं जसरी उठाउनुहुन्छ उहाँहरुले त्यो भुक्तानीको सुनिश्चिता गर्नुपर्छ’ उनले भने, ‘यदि सरकारले त्यसो गर्न सक्नुहुन्न भने त्यो आयोजनाहरुलाई खारेज गर्नुपर्छ । जनतालाई भ्रमित गर्ने काम, निर्माण उद्योगलाई ध्वस्त बनाउने काम सरकारले गर्नु हुन्न ।’

आफूहरुले गरिसकेकेको कामको भुक्तानी नपाएको भन्द निर्माण व्यवसायीले सडक आन्दोलन सुरु गरेका छन् । निर्माण व्यवसायीहरुले गत वर्ष गरिसकेको कामको ५० अर्ब भुक्तानी दिन बाँकी रहेको बताएका छन् । अध्यक्ष सिंहले अर्थमन्त्री डा. महतले वर्तमान सरकार विगतको सरकारको निरन्तरता हो भन्ने कुरा बिर्सन नहुने बताए ।

‘यो सरकार विगतका सरकारको निरन्तरता हो भन्ने कुरा अर्थमन्त्रीले बिर्सनुहुन्न । यसको निकास दिने जिम्मेवारी अर्थमन्त्रीको हो । ४ खर्बको योजनाहरु एक वर्ष म्याद थप गर्दै गर्दा जसरी निर्माण कम्पनीले काम गर्ने कार्ययोजना बनाउँछ त्यसै गरेर काम गरेको भुक्तानीको सेड्युल बनाएर व्यवसायीहरुलाई विश्वस्त पार्नुपर्छं’, सिंहले भने ।

सरकार सबै क्षेत्रको अभिभावक हो भन्दै उनले सरकारकै कारण निर्माण उद्योग ध्वस्त हुन लागेकाले बचाउनुपर्ने बताए ।

 

 

 

  • साझा परिवेश
  • आइतवार, साउन २१, २०८० १४:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट