sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न

  • साझा परिवेश
  • सोमवार, बैशाख २४, २०८१ १३:५५
अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न

काठमाडौं २४ वैशाख । युनाईटेड नेचर इन्टरनेशनल पिस युनिप नेपाल च्याप्टरले आफ्नो प्रथम भेला सम्पन्न गरेको छ । युनिप नेपालका राष्ट्रिय अध्यक्ष राजु कन्दन लामाको अध्यक्षतामा शनिवार उक्त भेला सम्पन्न भएको हो ।

सो अवसरमा संस्थाका अध्यक्ष राजु कन्दन लामाले विश्व शान्ती नै युनिपको मुल उदेश्य रहेकाले सबै सदस्यहरुले यसलाई आत्मसात गर्दै शान्ती प्रबर्धानार्थ सबैले आ आफनो स्थानबाट भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरि युनिप नेपालका राष्ट्रिय सल्लाहकार रोटरियन विष्णु कार्कीले रोटरी र युनिप नेपालले शान्तीको क्षेत्रमा मिलेर काम गर्न सक्ने बताउनुहुदै सहयोग एवम साझेदारिताका निम्ति आफुले समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

युनिप नेपालका राष्ट्रिय कार्यकारी अध्यक्ष रविराज शाहीले युनिप नेपालले राष्ट्र शान्तीसँगै विश्व शान्तीका निम्ती अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो भने युनिप नेपालका राष्ट्रिय उपाध्यक्ष प्रल्हाद दाहालले युनिप नेपाल अन्तरराष्ट्रिय शान्ती संस्था भएकाले आपसी शान्ती र भाईचारा अभिबृद्धिलाई प्राथमिकतामा राख्दै सामाजिक उत्थानका लागि कार्यगत एकतासहित अघि बढनुपर्नेमा जोड दिनुभयो ।

संस्थाका महासचिव हिक्मत दाहालले कार्यक्रमलाई सहजीकरण गर्नुहुँदै आगामी दिनमा युनिप नेपालले शान्ती र मानव अधिकारका निम्ती महत्वपूर्ण कार्यक्रमहरु पस्कने प्रण गर्नुभयो भने दिपक लगायतका सदस्यहरुले आफ्नो पालोमा बोल्नुहुँदै शान्ती स्थापना, संस्थागत विकास तथा मानव अधिकारको सवालमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा सबैमा धन्यवाद ज्ञापन गर्नुहुँदै युनिप नेपालका प्रेस तथा प्रकाशन समिति संयोजक सरोज ओझाले आपसी समन्वयका आधारमा संस्थाको मुलभुत सिद्धान्तलाई वस्तुत पालना गर्न सके मात्रै संस्थाले आफ्नो उदेश्य प्राप्ती गर्न सक्ने बताउनुभयो ।

सो अवसरमा युनिप नेपालले वितरण गर्न बाँकी संस्थाका सल्लाहकार एवम सदस्यहरुलाई खादा लगाई प्रमाण पत्र, ब्याज एवम् टिसर्ट वितरण गरिएको थियो भने प्रेस तथा प्रकाशन समिति संयोजक सरोज ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त हुनुभएकोमा बधाई ज्ञापनसहित खादा लगाई सम्मान व्यक्त गरिएको थियो ।

ऊक्त प्रथम भेलाले शान्ति प्रबर्धनार्थ विभिन्न सचेतनामुलक तथा सहयोगात्मक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।

  • साझा परिवेश
  • सोमवार, बैशाख २४, २०८१ १३:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid