April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्? 

गौरादहमा नाट्य कार्यशाला , दुर्ब्यशन विरुद्ध सडक नाटकको तयारी

  • साझा परिवेश
  • शनिबार, बैशाख २९, २०८१ १५:५६
गौरादहमा नाट्य कार्यशाला , दुर्ब्यशन विरुद्ध सडक नाटकको तयारी

युवराज रेग्मी

२९ बैशाख , गौरादह / झापाको गौरादहमा दुर्ब्यशन बिरुद्ध सचेतना जगाउने उधेस्यले नाट्य कार्याशाला गोष्ठी सुरुगरिएको छ ।

गौरादह जेसीजको आयोजनामा उधोग बाणिज्य संघ सभाहल स्थित जेसीज सचिवालयमा उक्त कार्यशाला गोष्ठी आज सनिबार बाट सुरुगरिएको हो ।

लागूऔषध प्रयोग तथा दुर्ब्यशन विरुद्ध सचेतना जगाउने उधेस्यले नाटक तयारगरी गौरादह छेत्रका चोक , बजार तथा बिद्यालयहरुमा प्रदर्शन गरिने जेसीज अध्यक्ष खड्ग थापाले बताए ।

कार्यशाला लाई सम्बोधनगर्दै अध्यक्ष थापाले ऐले मुलुकमा जताततै दुर्ब्यशनको महामारी भुसको आगो जस्तै सल्किरहेको बताए ।

आफू २०२४ को अध्यक्षमा निर्बाचित भएपश्चात पहिलो कार्यस्वरुप गौरादह छेत्रमा नजानिदो ढंगले फैलिएको लागूऔषध तथा दुर्ब्यशनको प्रयोग नियन्त्रणका लागि बिशेष पहलगर्ने आफ्नो प्रतिबद्धता अनुरुप सस्थाले लागूऔषध नियन्त्रण सम्बन्धी विभिन्न सचेतनामुलक कार्यक्रमहरुगर्दै आएको जनाए ।

छिमेकी मुलुक भारतको सिमाना देखि करिब १५ किलोमिटर दुरिमा रहेको गौरादह नगरपालिका तथा आसपासका पालिकाहरुमा लागूऔषध तथा दुर्ब्यशन प्रयोगकर्ताको संख्या भुसको आगो जस्तै अत्याधिक रुपमा फैलिएकोले कोठाभित्र आयोजना गरिने सचेतनामुलक कार्यक्रमले मात्र दुर्ब्यशन नियन्त्रण सम्भब नभएकोले त्यसका लागि फरक ढङ्गबाट जेसीज टिम लागिसकेको बताए ।

सुरक्षा निकाय सग आबस्यक समन्बय गरि बजार , चोक र बिद्यालयहरु तथा सार्बजनिक स्थलहरुमा पुगेर मनोरञ्जनका साथसाथै जनचेतना फैलाउने उधेस्यले सचेतनामुलक नाटकको प्रदर्शनीको तयारिमा जेसीज अगाडि बढेको अध्यक्ष थापाले जनाए ।

जसअनुरुप आज २९ गते सनिबार जेसीज सचिवालयमा नाट्य कार्यशाला संचालन गरिएको थापाले जनाएकाछ्न ।
कार्यशालामा मोरङको झोराहाट स्थित “झोराहाट नाट्य समुह “का अध्यक्ष बरिस्ठ नाट्यकर्मी भरत गुरागाँईको प्रशिक्षणमा करिब डेढदर्जन जति गौरादहका केही पुराना तथा उदियमान कलाकारहरु नाट्य कार्यशालामा सहभागी भएकाछ्न ।

कार्यशालाबाट स्थानिय कलाकारको संयोजनमा दुर्ब्यशन विरुद्धको सचेतनामुलक नाटक निर्माणगरि प्रदर्शनी गर्ने गौरादह जेसीजले जनाएको छ ।

जेसीज अध्यक्ष खड्ग थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यशाला गोस्ठिमा प्रमुख अतिथी गौरादह नगरपालिकाका नगर प्रबक्ता एबम वडा न १ का अध्यक्ष नगेन्द्र भण्डारी , विशिष्ट अतिथी वरिष्ठ नाट्यकर्मी भरत गुराँगाई , अतिथी ईलाका प्रहरी कार्यालय गौरादहका इन्चार्ज प्रहरी नायब निरीक्षक प्रमोद रेग्मी , गौरादह जेसीज २०१५ का अध्यक्ष हरिसचन्द्र अधिकारी , पत्रकारहरु सान नेपाल , झगेन्द्र खड्का लगायतको उपस्थिति रहेको थियो ।

  • साझा परिवेश
  • शनिबार, बैशाख २९, २०८१ १५:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट