April 19, 2024 | शुक्रबार, बैशाख ७, २०८१
सुचनाहरु
सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान क्रिकेटर हार्दिक पाण्ड्यालाई १२ लाख जरिबाना विवादका बीच गण्डकी प्रदेशसभाको बैठक बस्दै कस्तो रहला आजको मौसम ? आईपीएल : मुम्बईसग पञ्जाब ९ रनले पराजित एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज यूएईसँग भिड्दै नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एक किलो सुन बरामद मधेसमा माओवादीले फेर्‍यो मन्त्री अनमोल केसीको ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले बढ्याे सेयर बजार दोहोरो अंकले घट्यो सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी एमाले र माओवादीले कोशीमा पेश गरे संकल्प प्रस्ताव सुन तस्करी प्रकरणमा फरार चलाउनेविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी अशोक दर्जीलाई लिएर ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ फिल्म बनाउदै मनकामना केबलकार भोलि बन्द हुने

रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति विवाद टुङ्गो लागेन

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १५:0६
रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति विवाद टुङ्गो लागेन

काठमाडौँ । रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापनापछि उत्पन्न विवाद थप लम्बिने भएको छ । कीर्तिपुर नगरपालिकाले बिहीबार औपचारिक रूपमै कीर्तिपुरमा स्थापना गरिएका यी प्रतिमूर्ति हटाउन दिएको आदेशसम्बन्धी पत्र सम्बद्ध संस्था सुखी गँछे समाजले बुझ्न नमानेपछि वडा कार्यालयमा टाँस गरिएसँगै यस सम्बन्धमा  उठेको विवाद लम्बिने सङ्केत देखिएको हो ।

नगरपालिका कर्मचारीले हटाउने आदेशसम्बन्धी पत्र सुरुमा समाजका अध्यक्षलाई बुझाउन खोजेका थिए । अध्यक्षले सचिवलाई बुझाउनु भनेपछि सचिवलाई बुझाउन खोजिएको र सचिव तथा अन्य सदस्यले समेत बुझ्न नमानेपछि २ नं वडा कार्यालयमा टाँस गरिएको थियो ।

रातो मछिन्द्रनाथको जात्रासँग जोडिएको कीर्तिपुर नगरपालिका–२ स्थित ‘प्यंगःथाँ’ (सांस्कृतिक चोक)मा स्थानीय सुखी गँछे समाजको पहलमा गत मङ्सिर महिनामा मच्छिन्द्रनाथ र याक मिसा (कन्या कुमारी) को प्रतिमूर्ति स्थापना गरिएको थियो । त्यसपछि ललितपुरका  मच्छिन्द्रनाथ सम्बद्ध गुठी तथा संस्थाले तन्त्रसाधनामा आधारित मछिन्द्रनाथ र जीवित देवीको रुपमा पुजिने याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापना गर्दा परम्पराको ठाडो उल्लङ्घन हुन जाने ललितपुरका मच्छिन्द्रनाथ सम्बद्ध ३२ पानेजु सङ्घलगायत गुठीको भनाइ थियो ।

कीर्तिपुरको शक्तिपिठ मानिने प्यँगःथां र  आसन्न रातो मच्छिन्द्रनाथको भोटो जात्राबिच परम्परागत सम्बन्ध छ । हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथलाई थतिटोलबाट जाउलाखेलतर्फ तान्नुभन्दा चार दिन अघि जल पानेजु (मच्छिन्द्रनाथका पुजारी) नाङ्गै खुट्टाले हिँडेर कीर्तिपुरस्थित प्यांःगथाँ पुगी ‘याक मिसा’ (शक्ति स्वरूप मानिएकी कन्या)बाट प्रसाद ग्रहण गराउने परम्परा छ ।

यो परम्परालाई बेवास्ता गरी मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापना गरिएकाले सो नहटाएमा प्रसाद ग्रहण गराउने परम्परालाई निरन्तरता दिन नसकिने अडान पानेजु सङ्घको छ । यस सम्बद्धमा श्री हयगृव भैरवनाथ तथा ३२ पानेजु सङ्घद्वारा जारी विज्ञप्तिमा रातो मच्छिन्द्रनाथ तन्त्रसाधनाका देवता भएको र याक मिसा जीवित देवी भएकीले उनको प्रतिमूर्ति बनाएर स्थापना गर्न नहुने उल्लेख छ ।

यस विपरीत कीर्तिपुरको सुखी गँछेले प्रतिमूर्ति स्थापना गरेपछि पानेजु सङ्घ, ललितपुर महानगरपालिका र पुरातत्त्व विभागले सो मूर्ति प्यंगः थाँबाट हटाएर अन्यत्र राख्न दबाब दिँदै आएका थिए । पुरातत्त्व विभागले समेत गत पुस २५ गते सुखी गँछेलाई पत्र पठाई सो मूर्ति हटाउन आग्रह गरेको थियो । त्यसपछि भएका वार्ता तथा बैठकको आधार भन्दै नगरपालिकाले सूचना जारी गरेको हो ।

सुखी गँछेसम्बद्ध व्यक्तिले भने स्थापना गरिसकिएको मूर्तिलाई हटाउन एकोहरो दबाब दिनाको साटो वार्तामार्फत सम्मानजनक निकास दिनुपर्ने अडान राख्दै आएका छन् । गँछेका सचिव नारायण महर्जनले पुरातत्त्व विभाग र ललितपुर महानगरलगायत निकायले वार्तामार्फत सहमतिको विन्दु पहिल्याउनाको साटो एकपक्षीय दबाब दिएको बताउनुभयो । मूर्ति स्थापना अघि पुरातत्त्व विभाग, कीर्तिपुर नगरपालिकासँग लिखित र पानेजु सङ्घसँग मौखिक सहमति लिइएको पनि उहाँले बताउनुभयो । “हामी पनि परम्परा नभत्कियोस् भन्ने पक्षमा छौँ र सबै विकल्पमा खुला छौँ तर हामीलाई मात्र पेल्ने काम भयो”, उहाँको भनाइ थियो । रासस

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १५:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।