October 18, 2024 | शुक्रबार, कार्तिक २, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ४, २०८१ १२:0९
भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कुवेतमा बन्धक अवस्थामा रहेकी महिलालाई उद्धार गरी नेपाल ल्याएको छ । कार्यालयका वैदेशिक रोजगार विभाग ‘पिल्लर’ हेर्ने प्रहरी नायब उपरिक्षक (डिएसपी) गोविन्द पन्थीको कमाण्डमा उजुरी परेको एक साता नबित्दै पीडितको उद्धार गरेको हो ।

भिजिट भिषामा दुबई पठाएर एजेन्टमार्फत् घरेलु कामदारका रुपमा कुवेत पठाएर शारिरीक एवं मानसिक यातना दिनुका साथै बन्धक बनाउने जिल्ला दैलेख नारायण नगरपालिका वडा नं। ९ स्थायी घर भई हाल तारकेश्वर बस्ने राकेश सुनार भन्ने गोपाल सुनार र गोरखाका आयुष भनिने आकाश बाबु विकलाई राजधानीको बौद्धबाट पक्राउ गरिएको डिएसपी पन्थीले जनाए ।

उनीहरुले पीडित महिलालाई विभिन्न प्रलोभनमा पारि दुबईमा रहेको कम्पनीमा आकर्षक तलबको प्रलोभनमा पारी भिजिट भिसामा दुबई लगी त्यहाँ पुगेपछि प्रलोभनमा पारेर कुवेत पुर्याएर प्रतिष्ठित कम्पनीमा काम लगाई दिन्छु भनी विश्वास दिलाई कुवेत पुर्याएपछि घरेलु काममा लगाउनुको साथै निजलाई शारीरिक तथा मानसिक यातना दिई बन्धक बनाएपछि पीडितले परिवारको सहयोगमा प्रहरीमा उजुरी दिएपछि कार्यालयले अनुसन्धान गरी कारबाही चलाएको डिएसपी पन्थीले जनाए ।

उनले कुवेतस्थित राजदूताबाससँगको समन्वयमा पीडित महिलालाई ६ दिनमै उद्धार गर्न सफल भएको पनि जनाए । डिएसपी पन्थीले आफन्तमार्फत वैशाख २१ गते उद्धारका लागि निवेदन दिएकोमा तत्काल एक्सन लिएर दूताबाससँग समन्वय गरी २७ गते नेपाल फर्काउन सफल भएको पनि जनाए ।

उनीहरुले सरकारबाट घरेलु कामदारमा निषेधित गरेको क्षेत्रमा इजाजत बेगर अभियुक्तले आफ्नो नाम ढाँटी ठुलो संख्यामा महिला पठाउने गरेको र महिलालाई संयुक्त ईमिरेट दुबईमा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने भनी लगेर कुवेत पुर्याई घरेलु कामदारको रुपमा काम लगाएको र शारीरिक तथा मानसिक यातना दिएको समेत खुलेको छ ।

त्यस्तै पीडितले घरमा काम गर्न नसकेपछि स्वदेश फर्किन खोज्दा एजेन्टले बन्धक बनाएको र १ लाख ५० हजार रूपैयाँ मागेको र बढी गरे ज्यान समेत लिने धम्की दिएकोमा पिडितले आफन्तलाई खबर गरेपछि अनुसन्धान गरी पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

उनीहरुले युएईमा सम्पर्क कार्यालय खोली नेपालबाट भिजिट भिषामा युएई पुर्याउने विभिन्न प्रलोभन देखाएर ठूलो रकम उठाएर एजेन्टमार्फत् कुवेत पठाउने गरेको पनि खुलेको डिएसपी पन्थीले जनाए ।

गोपाल र आकाशलाई थप अनुसन्धान तथा कारवाहीको लागि मावन बेचबिखन अनुसन्धान व्युरो बवरमहल पठाइएको पनि डिएसपी पन्थीले जनाए ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ४, २०८१ १२:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्