sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ४, २०८१ १२:0९
भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कुवेतमा बन्धक अवस्थामा रहेकी महिलालाई उद्धार गरी नेपाल ल्याएको छ । कार्यालयका वैदेशिक रोजगार विभाग ‘पिल्लर’ हेर्ने प्रहरी नायब उपरिक्षक (डिएसपी) गोविन्द पन्थीको कमाण्डमा उजुरी परेको एक साता नबित्दै पीडितको उद्धार गरेको हो ।

भिजिट भिषामा दुबई पठाएर एजेन्टमार्फत् घरेलु कामदारका रुपमा कुवेत पठाएर शारिरीक एवं मानसिक यातना दिनुका साथै बन्धक बनाउने जिल्ला दैलेख नारायण नगरपालिका वडा नं। ९ स्थायी घर भई हाल तारकेश्वर बस्ने राकेश सुनार भन्ने गोपाल सुनार र गोरखाका आयुष भनिने आकाश बाबु विकलाई राजधानीको बौद्धबाट पक्राउ गरिएको डिएसपी पन्थीले जनाए ।

उनीहरुले पीडित महिलालाई विभिन्न प्रलोभनमा पारि दुबईमा रहेको कम्पनीमा आकर्षक तलबको प्रलोभनमा पारी भिजिट भिसामा दुबई लगी त्यहाँ पुगेपछि प्रलोभनमा पारेर कुवेत पुर्याएर प्रतिष्ठित कम्पनीमा काम लगाई दिन्छु भनी विश्वास दिलाई कुवेत पुर्याएपछि घरेलु काममा लगाउनुको साथै निजलाई शारीरिक तथा मानसिक यातना दिई बन्धक बनाएपछि पीडितले परिवारको सहयोगमा प्रहरीमा उजुरी दिएपछि कार्यालयले अनुसन्धान गरी कारबाही चलाएको डिएसपी पन्थीले जनाए ।

उनले कुवेतस्थित राजदूताबाससँगको समन्वयमा पीडित महिलालाई ६ दिनमै उद्धार गर्न सफल भएको पनि जनाए । डिएसपी पन्थीले आफन्तमार्फत वैशाख २१ गते उद्धारका लागि निवेदन दिएकोमा तत्काल एक्सन लिएर दूताबाससँग समन्वय गरी २७ गते नेपाल फर्काउन सफल भएको पनि जनाए ।

उनीहरुले सरकारबाट घरेलु कामदारमा निषेधित गरेको क्षेत्रमा इजाजत बेगर अभियुक्तले आफ्नो नाम ढाँटी ठुलो संख्यामा महिला पठाउने गरेको र महिलालाई संयुक्त ईमिरेट दुबईमा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने भनी लगेर कुवेत पुर्याई घरेलु कामदारको रुपमा काम लगाएको र शारीरिक तथा मानसिक यातना दिएको समेत खुलेको छ ।

त्यस्तै पीडितले घरमा काम गर्न नसकेपछि स्वदेश फर्किन खोज्दा एजेन्टले बन्धक बनाएको र १ लाख ५० हजार रूपैयाँ मागेको र बढी गरे ज्यान समेत लिने धम्की दिएकोमा पिडितले आफन्तलाई खबर गरेपछि अनुसन्धान गरी पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

उनीहरुले युएईमा सम्पर्क कार्यालय खोली नेपालबाट भिजिट भिषामा युएई पुर्याउने विभिन्न प्रलोभन देखाएर ठूलो रकम उठाएर एजेन्टमार्फत् कुवेत पठाउने गरेको पनि खुलेको डिएसपी पन्थीले जनाए ।

गोपाल र आकाशलाई थप अनुसन्धान तथा कारवाहीको लागि मावन बेचबिखन अनुसन्धान व्युरो बवरमहल पठाइएको पनि डिएसपी पन्थीले जनाए ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ४, २०८१ १२:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid