April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

पक्राउ पर्दा पनि प्रसाईंका समर्थकहरु उत्साहित देखिए

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १३:४५
पक्राउ पर्दा पनि प्रसाईंका समर्थकहरु उत्साहित देखिए
  • प्रदर्शनकारीहरु धमाधम पक्राउ पर्दै 
  • पक्राउहरुलाई काठमाडौंको नयाँ भवन माइतीघरमा लगियो 
  • जिल्ला प्रशासनद्वारा तीनकुनेमा प्रदर्शन नगर्न चेतावनी

काठमाडौँं ।।

दुर्गा प्रसाईं नेतृत्वको गणतन्त्र विरोधी अभियानका प्रदर्शनकारीहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ। शुक्रबार प्रदर्शनका लागि तीनकुने पुगेका प्रसाईं नेतृत्वको अभियानका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवन माइतीघरमा लगिएको छ।

यसअघि बिहीबारको आन्दोलनमा ढुंगामुडा गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुलाई भने मुद्दा चलाउने प्रहरीको तयारी छ। तर प्रदर्शनका लागि तीनकुनेमा पुगेकाहरुलाई भने प्रहरीले त्यहाँ प्रदर्शन नगर्नको लागि मात्रै नियन्त्रणमा लिएको हो।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँंले तीनकुनेमा प्रदर्शन नगर्न चेतावनी दिएको थियो। चेतावनीका बाबजुध पुगेका प्रदर्शनकारीलाई प्रहरीले धमाधम पक्राउ गनर्ग थालेको हो। ‘अहिलेसम्म दुई–तीन गाडी ल्याइसकिएको छ।

संख्या ऐकिन छैन’, काठमाडौं परिसर स्रोतले भन्यो, ‘तर त्यहाँ आन्दोलन गर्न जानेलाई पक्राउ गर्ने नै हो। संख्या थपिँदै जान्छ।’ ‘कार्यक्रम नगर्नु भन्दाभन्दै जबरजस्ती गरे कारबाही हुन्छ, यसअघि निर्धारित स्थानमै कार्यक्रम गरे सोच्न सकिन्छ। त्यहाँ नदिने भनेका छैनौं’, प्रशासनका एक अधिकारीले भने। यस्तै प्रशासनले आन्दोलन अराजक भएको पनि जनाएको छ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १३:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट