April 5, 2025 | शनिबार, चैत्र २३, २०८१
सुचनाहरु
अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको?  झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं?  यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान  कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश  काठमाडौ महानगरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएरै छाडे  नाच्दै गाउँदै शिक्षकहरुले गरे बेग्लै बिरोध प्रर्दशन सगरमाथा आधार शिविरमा काम गर्ने श्रमिकको गयो ज्यान   प्रधानमन्त्री ओलीले र भारतीय समकक्षी मोदीलाई थाइल्याण्डमा भेट्दै खानेतेलको मूल्य प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढ्यो   २५ करोडका मालिकको पहिचान   जडिबुटिमा राजावादी प्रदर्शनकारीको आगजनीले २८ करोडभन्दा बढीको क्षति शिक्षकहरु फेरी उत्रिए राजधानी केन्द्रित आन्दोलनमा तिनकुने प्रदर्शनमा ज्यान गुमाउने सुरेश र सबिनको परीवारलाई  सरकारले १०–१० लाख दिने शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै

गौरादह २ को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

  • साझा परिवेश
  • शनिबार, असार १, २०८१ २0:५५
गौरादह २ को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

समृद्ध नगर बनाउन नागरिकका दैनिक जीवनमा आइपर्ने समस्याको निराकरणमा स्थानीय सरकार लाग्नुपर्ने स्थानीय बासिन्दाले सुझाव दिएका छन। गौरादह नगरपालिका वडा नं.२ ले आयोजना गरेको वडा स्तरीय सार्वजनिक सुनुवाइ तथा सुझाव संकलन कार्यक्रममा वडाबासीले सानातिना योजनामा बजेट बिनियोजन नगरेर प्रत्यक्ष नागरिकका समस्यालाई सम्बोधन गर्ने कार्यक्रम योजनामा समाबेश गर्न अनुरोध गरेका छन।

वडाबासीले वडा भित्र रहेका भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य , खानेपानी, सिचाइ र किसानले उत्पादन गरेका खाद्यान्न र तरकारीको बजार सुनिस्चित गर्न माग गरेका थिए। स्थानीय सरकारको लगानीमा संचालन भएका सीप बिकास सम्बन्धि तालिमबाट सीप सिकेर व्यावहारमा प्रयोग नभएकोमा स्थानीय सरकारको ध्यानाकर्षण गराएका थिए। सार्वजनिक सुनुवाइ कार्यक्रममा पत्रकार बेणु प्रसाद अधिकारीले नगरबाट वडालाई प्राप्त हुने बजेट र वडाबाट संकलन हुने राजस्व हाराहारीमा रहेकाले नगरले बजेट बढाउनु पर्ने बताएका थिए।

कृषि क्याम्पस गौरादहका प्रमुख सुबोध खनालले गौरादह कृषि क्याम्पस पछाडि रहेको खाडलको पानी निकाशको ब्यबस्था गर्न माग गर्दै क्याम्पसका तर्फबाट केही शिर्षकमा बजेट माग गरिएकाले वडाध्यक्षलाई पहल गरिदिन अनुरोध गरेका थिए । स्थानीय खगेन्द्र फुयलले जनताबाट उठेको करलाई तालिम, गोष्ठीको बाहनामा अन्य जिल्लामा कार्यक्रम संचालन गरेकोमा आपत्ति प्रकट गरेका थिए।आदित्य भट्टराईले स्थानीय सरकारबाट साझेदारीमा पशु बिमा कार्यक्रम संचालन गरिएपनि कार्यक्रम प्रभावकारी नभएकोमा ध्यानाकर्षण गराएका थिए।होम उप्रेतीले स्थानीय सरकारबाट बितरण गरिने सामग्री सही ब्यक्तिलाई दिइनुपर्ने धारणा राख्दै आगामी आर्थिक बर्षमा वडा भित्र समान रुपमा बिकास हुने गरि योजना बनाउन माग गरेका थिए।

अमर मा. बि. गौरादह-२ का प्रधानाध्यापक चिन्तामणी काफ्लेले युवा समुदायहरु लागु औषध दुर्बेशनी तर्फ आकर्षित खुदै जाँदा यसलाई न्युनिकरण गर्न स्थानीय सरकारले प्रभावकारी कार्यक्रम ल्याउनु पर्ने धारणा राखेका थिए।कार्यक्रमको सभापति समेत रहेका वडा नं.२ का वडाध्यक्ष गोपाल प्रसाद कोईरालाले वडा बासिले राखेका जिज्ञासाको जवाफ दिएका थिए। वडा सदस्य संकर कट्टेलले वडाले एक बर्षमा गरेका कामको जानकारी गराएका थिए। वडा सदस्य उत्तम बस्नेतले स्वागत मन्तब्य राखेको कार्यक्रममा वडा सचिब दिपा दाहालले कार्यक्रम संचालन गरेकी थिइन ।

  • साझा परिवेश
  • शनिबार, असार १, २०८१ २0:५५

प्रतिक्रिया

नेपाल अपडेट