May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक

केपी ओली कप क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १४:४७
केपी ओली कप क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा
  • प्रतियोगितामा १२ टिमको सहभागिता रहने
  • विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पाउने
  • साढे ५ सय दर्शक अट्ने प्यारापिटमा नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको
  • कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने

पोखरा । पोखरामा हुने केपी ओली कप क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर ७ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ ।

सात प्रदेशका सात टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब तथा मदन भण्डारी स्पोसर्ट एकेडेमीको २ टिम गरी १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिइएको हो । मदन भण्डारी स्पोटर्स एकेडेमीको आयोजनामा टी-२० क्रिकेट प्रतियोगिता पोखरा रंगशालामा हुनेछ ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पाउनेछन् ।

यस्तै, म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्यटार र बलरले जनही नगद २०/२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । ‘खेलले नै मित्रता कायम गर्छ । पोखरामा हुने प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा पनि साथ दिनेछ,’ उनले भने, ‘आगामी दिनमा यस्तै ठूला प्रतियोगिता गर्नेछौं ।’ प्रतियोगिता हेर्न क्रिकेट रंगशालामा अस्थायी प्यारापिट बनाइएको छ । साढे ५ सय दर्शक अट्ने प्यारापिटमा नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । खेलका लागि पूर्वाधार भने पर्याप्त छैन । पूर्व राष्ट्रिय खेलाडी समेत रहेका प्रतियोगिता संयोजक शक्ति गौचनले पूर्वाधार निर्माणमा राज्यले नै चासो नदिएको बताए । ‘यो राज्यको सवाल हो । सरकारले ध्यान दिनुपर्ने हो,’ उनले भने,’यही रंगशालामा साफ खेल भैसकेको छ । सामान्य पूर्वाधार पनि छैन । पूर्वाधार भयो भने रंगशाला अन्तर्राष्ट्रिय स्तरको बन्नेछ । मदन भण्डारी स्पोर्ट्स क्लबले पनि दबाब दिन्छ ।’ प्रतियोगिता नियमित सञ्चालन हुने एकेडेमीले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १४:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।