April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

विराटनगरमा एक युवकको हत्या, दुई जना घाइते

  • साझा परिवेश
  • मङ्लबार, असार २५, २०८१ १0:११
विराटनगरमा एक युवकको हत्या, दुई जना घाइते

विराटनगरमा सोमबार राति एक जना युवकको हत्या भएको छ। १७ वर्षीय किशोरसहित दुई जना घाइते भएका छन्। विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकमनजिक धारिलो हतियार प्रहार गरेर मोरङको कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको हत्या गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए। उनका अनुसार बाटोमा हिँड्दै गरेकाहरुले कामतसहित ३ जनालाई घाइते अवस्थामा फेला पारेर राति १० बजेतिर उपचारका लागि विराटनगरको कोशी अस्पताल लगेका थिए।

गम्भीर अवस्थाका कामतको भने उपचारका क्रममा मृत्यु भएको कार्कीले बताए। उनका अनुसार मृतक कामतको छात्ती र कम्मरको भागमा धारिलो हतियारले रोपेजस्तो चोट देखिन्छ। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ।

घटनामा कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएको एसपी कार्कीले बताए। घाइतेमध्ये कोखा र ढाडमा चोट देखिएका रायको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। पाखुरा र ढाडमा चोट देखिएका मण्डलको अवस्था मध्यम छ। उनी बोल्न सक्ने अवस्थामा छन्। कोशी अस्पतालमा सम्भव नभएपछि दुवै जना घाइतेलाई थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ।

घटना कसले गराएको हो भनेर यकिन भइनसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मापसे (मादक पदार्थ सेवन) गरेका घाइते एवं मृतकबीच नै झैझगडा भएर घटना भएको हुनसक्ने अनुमान पनि गरिएको छ। यद्यपि, अनुसन्धानपछि सबै कुरा पत्ता लाग्ने एसपी कार्कीले बताए।

  • साझा परिवेश
  • मङ्लबार, असार २५, २०८१ १0:११

प्रतिक्रिया

नेपाल अपडेट