May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

लुटपाट गर्नलाई गोली हान्ने हत्याराहरु पक्राउ

  • साझा परिवेश
  • बुधबार, साउन १७, २०८० १६:३२
लुटपाट गर्नलाई गोली हान्ने हत्याराहरु पक्राउ
  • गोली हानी हत्या गरेको आरोपमा दुई जना पक्राउ
  • उनीहरू दुवै लागु औषध प्रयोगकर्ता रहेको प्रहरीको दाबी
  • लागु औषध मुद्दामा ६ महिना कारागार बसेका
  • धरान-इटहरी सडक खण्डमा भएको चारवटा लुटपाटका घटनामा संलग्न

विराटनगर ।।

विराटनगर महानगरपालिका-५ का रोहित चौधरीको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । साउन ५ गते चौधरीको सुनसरीको धरान-इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या भएको थियो । हत्यामा संलग्न तीन मध्ये २ जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा लेटाङ नगरपालिका १ घर भएका ३५ वर्षीया दीपक तिम्सिना र धरान १४ का ३४ वर्षीय अनसन तामाङ छन् । उनीहरू दुवै लागु औषध प्रयोगकर्ता रहेको प्रहरीको दाबी छ । तिम्सिना जवरजस्ती करणी मुद्दामा १० वर्ष र अनसन लागु औषध मुद्दामा ६ महिना कारागार बसेका व्यक्ति रहेको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले बताए ।

उनका अनुसार पक्राउ परेकाहरु सिलसिलेबर चोरी र लुटपाटको घटनामा संलग्न छन् । धरान-इटहरी सडक खण्डमा भएको चारवटा लुटपाटका घटनामा संलग्न रहेको उनले बताए । उनीहरूले गत असार ८, असार १३, असार ३१ गते पनि लुटपाट गरेका थिए । पक्राउ परेकाको साथबाट पेस्तोल, गोलीलगायतको वस्तु बरामद भएको डीआईजी बास्तोलाले बताए ।

२८ औं जन्मदिनको दिन साथीसँग घुम्नका लागि धनकुटाको मुलघाट पुगेर फर्कनेक्रममा उनीमाथि धरान इटहरी सडक खण्डको सेउती खोलाको पुल दक्षिणतर्फ उनीमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

  • साझा परिवेश
  • बुधबार, साउन १७, २०८० १६:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।