sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गण्डकीका यातायात व्यवसायी आन्दोलित, सार्वजनिक यातायात ठप्प

  • साझा परिवेश
  • आइतवार, साउन १३, २०८१ 0९:२१
गण्डकीका यातायात व्यवसायी आन्दोलित, सार्वजनिक यातायात ठप्प

काठमाडौँ । गण्डकीमा आजदेखि सार्वजनिक यातायात बन्द भएको छ । राइड सेयरिङको विरोध गर्दै आएका यातायात व्यवसायी आन्दोलित भएका हुन् । ३ दिनअघि सरकारलाई ध्यानाकर्षण गराउँदै शनिवार रातीसम्मको अल्टिमेटम दिएका थिए । तर आफ्ना माग सुनुवाइ नभएको भन्दै व्यवसायीले आफ्ना गाडीहरू घर र ग्यारेजमा थन्क्याएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीका सचिव योगेन्द्र केसीले जानकारी दिए ।

योगेन्द्र केसीका अनुसार माग सम्बोधन नहुँदासम्म पछि नहट्ने व्यवसायीको तयारी छ । सरकारले अघिल्लो वर्षदेखि नीति तथा कार्यक्रममा नै राइड सेयरिङलाई वैधता दिने समेटेको थियो । तर कानुन र कार्यविधि नहुँदा अघि बढ्न पाएन । यो वर्ष पनि नीति तथा कार्यक्रम र बजेटमा राखिएको छ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा कार्यविधि पास गरेर राजपत्रमा प्रकाशन गर्ने तयारी गरेको थियो । तर पहिले नै व्यवसायीहरूले थाहा पाएपछि उक्त बैठकको एजेन्डामा प्रवेश गरेन । यद्यपि व्यवसायीका आन्दोलन यथावत् छ । त्यसदिन उनीहरुले पोखराका सडकभर गाडी उतारेर प्रदर्शन गरेका थिए । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था सचिव शंकर पण्डित र प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ज्ञापन पत्र बुझाएका थिए । गण्डकीका मुख्यमन्त्री निजी कामले भारतमा छन् ।

सरकारले व्यवसायीका मागमा केही बोलेको छैन । भौतिक मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले व्यवसायीका माग सम्बोधन गर्न नसकिने बताए । ‘आन्दोलन गर्न मैले पठाएको होइन म किन बोल्नपर्‍यो ?,’ व्यवसायीलाई किन नबोलाउनुभएको भनेर सोधिएको प्रश्नमा उनले भने, ‘बाइकर्सहरुले पनि कमाउन पाउनुपर्छ । जसरी पनि क्याविनेटबाट कार्यविधि ल्याउँछु ।’ व्यवसायीहरूले चाहिँ रातो प्लेटका सवारीले भाडाका यात्रु ओसार्न नहुने माग राखेका छन् ।

  • साझा परिवेश
  • आइतवार, साउन १३, २०८१ 0९:२१

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid