sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

साइकलमा डुलेर चिया बेच्दै झापा बिर्तामोडकी मिना

  • साझा परिवेश
  • मङ्लबार, साउन १५, २०८१ ११:२५
साइकलमा डुलेर चिया बेच्दै झापा बिर्तामोडकी मिना

टीकाराम बास्तोला ।

 

झापाको बिर्तामोडमा एक महिला देशमै केही गर्न सकिन्छ भन्ने उद्देश्यले घरमा चिया पकाएर पसल पसलमा बेच्दै हिँडिरहेकी छिन्। बिर्तामोड नगरपालिका-६ निवासी ३० वर्षीया मिना बस्नेत विगत १३ महिनादेखि निरन्तर यही पेसामा लागिरहेकी छिन् । उनले दिनको १० कपबाट व्यवसाय थालेकोमा अहिले दैनिक दुई सयदेखि तीन सय कप चिया बेचिरहेकी छिन् । उनीसँग गरिएको संक्षिप्त कुराकानी यस्तो छ ।

 

तपाईँले चिया बेच्न सुरु गर्ने विचार कसरी आयो ?

म केही समयदेखि बेरोजगार थिएँ र घरमा बस्दा समयको सदुपयोग गर्न चाहन्थेँ। चिया बनाउन सिपालु भएकाले र धेरैले मेरो चियाको स्वाद मन पराउने भएकाले यो व्यवसाय सुरु गर्ने विचार आयो।

 

चिया बेच्दा सुरुमा कस्तो चुनौतीहरूको सामना गर्नु पर्‍यो ?

सुरुमा त ग्राहक बनाउन गाह्रो भयो। धेरैले विश्वास गर्दैनथे कि घरमा बनाएको चिया पसल पसलमा बेच्न सकिन्छ। तर, मैले निरन्तर मेहनत गरेँ र बिस्तारै बिस्तारै मानिसहरूलाई मेरो चियाको स्वाद मन पर्न थाल्यो।

 

१३ महिनाको अनुभव कस्तो रह्यो ?

यो यात्रा धेरै उतारचढावले भरिएको थियो। कतिपय दिनमा थकान महसुस भए पनि ग्राहकको प्रशंसा सुनेर धेरै प्रेरणा मिल्थ्यो। अब भने ग्राहकहरूको सङ्ख्या बढ्दै गएको छ र उनीहरूको माया र समर्थनले नै म आज यो स्थानमा छु।

 

भविष्यमा तपाईँको योजनाहरू के छन् ?

भविष्यमा मैले मेरो चिया व्यवसायलाई अझ विस्तार गर्ने सोच बनाएको छु। ठुला होटेल र रेस्टुरेन्टहरूसँग पनि सम्पर्क गरी मेरो चिया सप्लाई गर्न चाहन्छु। साथै, चिया बनाउन नयाँ नयाँ रेसिपीहरू पनि सिक्दैछु।

 

यो व्यवसायमा लाग्न चाहने अरू महिलाहरूलाई के सल्लाह दिन चाहनुहुन्छ ?

म सबैलाई यही भन्न चाहन्छु कि मेहनत र दृढ सङ्कल्पले सफलता प्राप्त गर्न सकिन्छ। सुरुवातमा चुनौती आउन सक्छ, तर निरन्तरता राखेमा अवश्य सफलता मिल्छ। आफूमाथि विश्वास राख्नुस् र आफ्नो सीपको उपयोग गर्नुस्। यो अनुभवले धेरैलाई प्रेरित गर्न सक्छ कि सानो प्रयासले पनि ठुलो उपलब्धि हासिल गर्न सकिन्छ।

  • साझा परिवेश
  • मङ्लबार, साउन १५, २०८१ ११:२५

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid