काठमाडौँ । डिजिटल रुपमा चल्तीको इसेवाको एप एकाएक प्लेस्टोरबाट हराएको छ । नयाँ प्रयोगकर्ताहरूले प्लेस्टोरबाट प्लेस्टोरबाट एप डाउनलोड गर्न नसकेको गुनासो गरेका छन् ।
इसेवा कम्पनीका अनुसार विवरणहरु अपडेट गर्नुपर्ने अवस्था रहेकाले अहिले एसेवा एप प्लेस्टोरमा नदेखिएको जनाएको छ ।
इसेवाले जारी गरेको सूचनामा कम्पनी ‘इसेवा लिमिटेड’मा परिणत भएसँगै उक्त विवरण गुगल प्लेस्टोर र डीयूएनएस (डाटा युनिभर्सल नम्बरिङ सिस्टम) मा अपडेट गर्ने क्रममा रहेको छ ।
त्यसैकारण इसेवा एप अस्थायी रूपमा प्लेस्टोरमा उपलब्ध नभएको तथा अहिले डाउनलोड भैसकेको इसेवा एपहरूलाई भने केही असर नपर्ने कम्पनीले जनाएको छ ।