July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

हरवाचरवाको पैदल मार्च

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ 0९:११
हरवाचरवाको पैदल मार्च

राजविराज | सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित बरही विरपुर टोलका राजदेव रायको चार पुस्ता जमिनदारको खेतमा हलो जोतेर जीविकोपार्जन गर्दै आएको छ ।

सरकारले गत साउन २ मा हरूवाचरवा प्रथा अन्त्यको घोषणा गर्दा ५५ वर्षीय राय खुसी थिए । तर, पछिल्लो ९ महिनासम्ममा सरकारले पुनःस्थापनातर्फ ध्यान नदिएको भन्दै हरवाचरवा अहिले संघर्षमा उत्रिएका छन् ।

आन्दोलनको घोषित कार्यक्रम अनुसार शनिबार हरवाचरवा अधिकार यात्राअन्तर्गत राजविराजबाट प्रदेश राजधानी जनकपुरसम्मको पैदल मार्च सुरु गरेका छन् । अर्को टोलीले भने वीरगन्जबाट जनकपुरतर्फ पैदल मार्च सुरु गरेको छ । यी दुवै टोली जनकपुर आइपुगेपछि प्रदेश सरकारको मुख्यालय मधेश भवन अगाडि अधिकारका लागि प्रदर्शन गर्ने कार्यक्रम छ ।

पैदल मार्चमा निस्केका उनीहरू सोमबारसम्म जनकपुर पुग्ने बताइएको छ । ‘पैसावालालाई नै पैसा हुन्छ । हामी दलितले केही पाउँदैनौं,’ बरही विरपुरकी सञ्जुदेवी खंगले भनिन्, ‘सरकारले हरवाचरवा अन्त्यको घोषणा गर्दा पनि केही नहुँदा हामीले पैदल मार्च गर्दै सरकारको ध्यान केन्द्रित गराउन चाहेका छौं । सरकारलाई आफनो समस्या सुनाउन चाहेका हौं ।’

पुस्तौंदेखि अरूको जग्गामा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका हरवाचरवाले आफ्नो अधिकारका लागि एकैपटक राजविराज र वीरगन्जबाट मधेश प्रदेशका राजधानी जनकपुरसम्मका पदयात्रा सुरु गरेको जनाएका छन् ।

हरवाचरवालाई बस्ने जग्गा घरदेखि उच्च शिक्षा तथा रोजगारीसम्मको समस्या छ । पुनस्थापनाका लागि विस्तृत कार्ययोजना र कार्यविधि मन्त्रिपरिषद्बाट अविलम्ब पारित गरी जीविकाका लागि कम्तीमा १० कट्ठा जग्गा उपलब्ध गराउने, वैकल्पिक रोजगारीमा सहभागी गराउने तथा संविधानको धारा ५१ (६) कार्यान्वयन गर्ने भनी सरकारले हरवाचरवासँग सहमति गरेको थियो । तर, सहमति कार्यान्वयन हुन नसकेको भन्दै आन्दोलन थालेको आन्दोलनका अगुवाको भनाइ छ ।

जनकपुरमा भेला भएपछि आमसभा तथा प्रदेश सरकारलाई ज्ञापनपत्र दिँदै समीक्षा बैठक गरी थप दबाबका लागि काठमाडौंसम्मको पैदल यात्राको कार्यक्रम तय गरिने हरवाचरवा अधिकार मञ्चका महासचिव लागेन्द्र सदाले जानकारी दिए ।

मधेश प्रदेशका आठवटै जिल्लासहित मोरङ, सुनसरी, नवलपरासी, रूपन्देही र कपिलवस्तुमा अहिले पनि हरवाचरवा प्रथा कायम छ । यी जिल्लामा झन्डै १ लाख ५० हजार हरुवाचरुवा रहेको हरवाचरवा अधिकार मञ्चले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ 0९:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्