April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे

बागलुङमा पहिरोमा परी ६ जनाको मृत्यु, २ जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी

  • साझा परिवेश
  • बुधबार, साउन २३, २०८१ १0:५२
बागलुङमा पहिरोमा परी ६ जनाको मृत्यु, २ जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी

काठमाडौँ । बागलुङको बडीगाड गाउँपालिका९१० मा मङ्गलवार बिहान पहिरोमा परी घाइते भएकाहरूले मौसमका कारण बुधवार बिहानसम्म पनि उपचार पाएका छैनन् । बडीगाडको वडा नम्बर १० आरुपाटामा पहिरोले घर गोठ बगाउँदा ६ जनाको मृत्यु भएको थियो भने ४ जना बेपत्ता छन् । ९ जना घाइते बनेका छन् ।

मङ्गलवार ढिला पनि भएको र मौसमका कारण उपचारका लागि स्वास्थ्य संस्थासमेत पुर्‍याउन नसक्दा घाइतेलाई गाउँमै राखिएको छ । उनीहरूलाई उपचारका लागि अहिले बुर्तिबाङ अस्पताल लैजान लागिएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेलाई उपचारका लागि काठमाडौँ लैजानका लागि मङ्गलवार साँझ नै हेलिकप्टर मगाइएको भए पनि सदरमुकाम बागलुङ बजार नै राखिएको छ । गम्भीर घाइते बिरामीलाई बुर्तिबाङ बजार पुर्‍याएर त्यहाँबाट काठमाडौँ उपचारका लागि लैजाने तयारी भइरहेको छ ।

गम्भीर घाइते बनेका घरधनी जोगबहादुर बुढाको मङ्गलवार साँझ मृत्यु भएको थियो । उनीसँगै सो घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । घरधनी ७८ वर्षका जोगबहादुर बुढा, उनकी नातिनी ७ वर्षकी मालती बुढा, ८ वर्षीय अमन बुढा, ११ वर्षीया सीता पुन, ७० वर्षीया मोतीदेवी कामी, ६ महिनाकी सीता विकको मृत्यु भएको हो । मधु बुढा, ३ वर्षीय आरुष थापा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन विक बेपत्ता छन् ।

वडानम्बर १० हुँदै बग्ने दर्लिङ सल्लेना खहरे खोलाले तान्न सक्ने डरले छिमेकी, आरुपाटाभन्दा माथिको गाउँबाट बुर्तिबाङ बजार हिँडेका, एसइईको पुरक परीक्षा जान हिँडेका विद्यार्थी खोला तर्न नसकेर आरुपाटामा सुरक्षित देखेर जोगलालको घरमा आश्रय लिएका थिए । बिहान त्यही घर र गोठ पहिरोले बगाएको हो ।

पहिरोमा परी घरधनी घाइते जोगबहादुरको मृत्यु भयो भने जुम्ल्याहा नातिनीमध्ये ७ वर्षीय मालतीको ज्यान गएको थियो । अर्की नातिनी मधु बेपत्ता हुन पुगेकी छन् । घाइतेमा २६ वर्षीय ओमप्रसाश पुन, ४६ वर्षीया संगीता बुढा, २३ वर्षीया सिर्जना विक, ४३ वर्षीय मंगल सेनबुढा, १९ वर्षीया रिमा पुन, ६० वर्षीया सुमित्रा विक, ५१ वर्षीय सशीराम विक, ९ वर्षीय ज्ञाने बुढा र ३१ वर्षीय सीता थापा घाइते छन् ।

पहिरोबाट दौडिएर भाग्न र उम्कनै नसक्ने उमेरका ३ महिनाकी शिशुदेखि नाबालकदेखि ७० वर्षीया वृद्धासम्मले ज्यान गुमाएका छन् । बडिगाड गाउँपालिका वडा नम्बर ९ मा पहिरोले पुरिएर भीम बिठे मावि कक्षा ५ मा अध्ययनरत १४ वर्षीय बालक विधान परियारको मृत्यु भएको छ । यसैगरी वडा नम्बर ९ मै २४ वर्षीय गंगा बस्नेतको मृत्यु भएको थियो ।

  • साझा परिवेश
  • बुधबार, साउन २३, २०८१ १0:५२

प्रतिक्रिया

नेपाल अपडेट