April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

शिक्षकलाई कलामार्फत् शिक्षण सीप

  • साझा परिवेश
  • आइतवार, बैशाख २४, २०८० १0:४५
शिक्षकलाई कलामार्फत् शिक्षण सीप

सिद्धार्थनगर। तिलोत्तमा नगरपालिकाका शिक्षकलाई एक हप्ते सामाजिक तथा सिर्जनात्मक कला शिक्षण सुरु गरिएको छ । शिक्षक शिविरमा लोकबाजा, लोक गीत तथा चित्रकला सम्बन्धी आधारभूत सीपमा आधारित प्रशिक्षण हुनेछ।

आधुनिक प्रविधिको विकाससँगै बालबालिकामा शैक्षिक सिकाई कमजोर भएको भन्दै शिक्षकलाई कलामार्फत् शिक्षण विकास गराउन थालिएको हो। तिलोत्तमा नगरपालिकाको आयोजनामा साधना सांस्कृतिक कला केन्द्रको व्यवस्थापनमा नगरभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकलाई कलासंस्कृतिलाई शैक्षिक पाठ्यक्रमसँग जोड्ने गरी तालिम सुरु गरिएको साधना सांस्कृतिक कला केन्द्रका व्यवस्थापक प्रियंका थापाले जानकारी दिनुभयो।

कार्यक्रमबाट कलासंस्कृतिको संरक्षणसँगै शिक्षक, विद्यार्थीलाई सिकाईमा सहयोग मिल्ने उहाकोे दाबी छ। तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरीदेवि चौधरीले सहभागी शिक्षकलाई मादल हस्तान्तरण गर्दै तालिमको शुभारम्भ गर्नुभयो।

कार्यक्रममा ज्ञानगंगा पाठशालाका प्राचार्य चन्द्र अधिकारीले विद्यालयमा भाषालाई जटिल बनाउने काम गर्दा बालबालिकामा सिकाई क्षमता घट्दै गएको बताउनुभयो। तालिममा लोक नृत्य अनुसन्धानकर्ता राम थापा, राष्ट्रिय नाचघरका निवर्तमान महाप्रबन्धक राजेश थापाले सहजिकरण गर्नुभएको छ। नृत्यमा अनु रजक, मुकेश गुरुङ, प्रितम राना र रोशन गुरुङले चित्रकला, गायन र बाद्यवादन इन्द्रबहादुर विश्वकर्मा, हिमाल थापा, पुनम थापाले पाठ्यक्रममा आधारित शिक्षकलाई ७ दिनको तालिम दिनुहुनेछ। तिलोत्तमा नगरपालिकाका ४२ विद्यालयका शिक्षक सहभागी छन्।

  • साझा परिवेश
  • आइतवार, बैशाख २४, २०८० १0:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।