April 14, 2025 | सोमवार, बैशाख २, २०८२
सुचनाहरु
आजदेखि नयाँवर्ष २०८२ सुरु, यसरी सुरुवात गर्नुहोस् नयाँ बर्षको अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने?  ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने

ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २९, २०८१ २१:४९
ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस

सरकारले गठन गरेको एक उच्चस्तरीय आयोगले ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष बनाउन सुझाव दिएको छ ।

पूर्व अर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा गठित समितिले ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ६८ वर्षबाट बढाएर ७० पुर्‍याउन सुझाव दिएको हो । समितिले आगामी पाँच वर्षसम्म ज्येष्ठ नागरिक भत्ता लगायत सामाजिक सुरक्षाका भत्ता वृद्धि नगर्न र त्यसपछि मूल्यवृद्धिका आधारमा हरेक दुई वर्षमा मात्रै भत्ता बढाउन सुझाव दिएको हो। खनालको नेतृत्वमा अर्थशास्त्री, व्यवसायीहरूको समितिले तयार पारेको प्रतिवेदनमा दलित र एकल महिला ज्येष्ठ नागरिकले ६० वर्षमा पाउँदै आएको भत्ता पनि ६५ वर्ष पूरा भएपछि मात्र दिन सुझाव दिइएको छ।

त्यसैगरी, सबै प्रकारका सामाजिक सुरक्षालाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी एकीकृत तथ्यांक तयार पारी सामाजिक सुरक्षालाई दोहोरो हुन नदिन सिफारिश गरिएको छ। नेपालको निजी क्षेत्रबाट अवकाशप्राप्त व्यक्ति तथा विदेशमा काम गरेको निकायबाट नियमित मासिक निवृत्तिभरण पाउने व्यक्तिलाई पनि सामाजिक सुरक्षा भत्ता नदिन सिफारिश गरिएको छ। अहिले सरकारले ज्येष्ठ नागरिक भत्ताका रूपमा ६८ वर्ष पूरा भएकालाई मासिक चार हजार रुपैयाँ दिंदै आएको छ।

 

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २९, २०८१ २१:४९

प्रतिक्रिया

नेपाल अपडेट