April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

कांग्रेस नेता चौलागाईंविरुद्ध जाहेरी

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १२:५४
कांग्रेस नेता चौलागाईंविरुद्ध जाहेरी
  • भरतप्रसाद चौलागाईं विरुद्ध काठमाडौं प्रहरीमा जाहेरी
  • ८० लाख रुपैयाँको चेक बाउन्स भइपछि थापा प्रहरीकहाँ पुगे
  • अर्को ३ करोड १२ लाखको चेकसमेत बाउन्स

काठमाडौं ।।

नेपाली कांग्रेस रामेछापका नेता भरतप्रसाद चौलागाईं विरुद्ध काठमाडौं प्रहरीमा जाहेरी परेको छ । ललितपुर महालक्ष्मी नगरपालिका–८ का सानुभाई थापाले चौलागाईंविरुद्ध उजुरी दिएका हुन् । काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलका अनुसार चौलागाईं विरुद्ध बैंकिङ कुसर मुद्दामा जाहेरी परेको हो । चौलागाईंले थापालाई दिएको ८० लाख रुपैयाँको चेक बाउन्स भइपछि थापा प्रहरीकहाँ पुगेका हुन् ।

चौलागाईंले माछापुच्छ्रे बैंक लाजिम्पाट शाखामा रहेको खातामा रकम रहेको भन्दै चेक दिएका थिए । उक्त चेक असारमा साटिनुपर्ने भए पनि नसाटिएपछि अहिले प्रहरीकहाँ उजुरी परेको हो । तर, उक्त खातामा रकम नभएको भन्दै बैंकले फिर्ता गरेको थियो ।  पटक–पटक रकमबारे कुरा गर्दा पनि चौलागाईंले बैकमा रकम जम्मा नगरी ठग्न खोजेको भन्दै थापाले चेक बाउन्स गरेर प्रहरीमा जाहेरी दिएका हुन् । थापासँग चौलागाईंले जग्गा कारोबारको लागि तीन करोड ९२ लाख रुपैयाँ लिएको उजुरीमा उल्लेख छ । तर, रकम फिर्ता नभएको बताइएको छ ।

८० लाख बाहेक थापासँग चौलागाईंले दिएको अर्को ३ करोड १२ लाखको चेकसमेत बाउन्स भएको छ । चौलागाईंले आफूले थापालाई रकम तिर्न बाँकी रहेको स्वीकार गरे । उनले भने, “मेरो र थापाबीच आर्थिक कारोबार भएको हो । मैले उहाँलाई दिनुपर्ने छ । म दिन्छु  । मलाई प्रहरीले पनि जानकारी गराएका थिए । काठमाडौं बाहिर भएका कारण आउन सकेको छैन ।” रामेछाप सुनापाति गाउँपालिका-१ का चौलागाईं कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन् । उनी रामेछाप कांग्रेसमा सक्रिय छन् ।

 

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १२:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।