बलिउड सुपरस्टार सलमान खानलाई फेरी पनि मार्ने धम्की आएको छ । यस्तो धम्की आएको यो पहीले पटक होइन । गत वर्ष सलमानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली हानाहान भएको थियो, त्यसपछि उनलाई विभिन्न माध्यमबाट धेरै पटक धम्की आएको थियो । तर उनलाई दिइने धम्कीको शृङ्खला रोकीएन । फेरी पनि उनलाई मुम्बईको वर्ली ट्राफिक डिपार्टमेन्टको व्हाट्सएप नम्बरमा एक अज्ञात व्यक्तिले सलमानलाई मार्ने धम्की दिएका हुन् ।
उनको कार बमले उडाउने कुरा धम्की पनि दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सोमबार अर्थात अप्रिल १४ मा सलमान खानलाई धम्की आएपछि उनको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर दुईजना संदिग्ध युवाको खोजी गरिएको थियो । दुई युवा शङ्कास्पद अवस्थामा घुमफिर गरेको फेला परे पछि मुम्बई प्रहरीले उनीहरूलाइ नियन्त्रणमा लिएको थियो ।