April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

८ भदौदेखि वर्षा रोकिने

  • साझा परिवेश
  • बिहिबार, भदौ ७, २०८० १0:५२
८ भदौदेखि वर्षा रोकिने
  • मनसुन सक्रिय हुँदा हिजोदेखि नै देशभर वर्षा
  • शनिबारदेखि मात्र मौसममा क्रमिक सुधार हुने
  • देशभर नै बदली भई हल्कादेखि मध्यम खालको वर्षा
  • गण्डकी, बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं ।।

मनसुन सक्रिय हुँदा हिजोदेखि नै देशभर वर्षा भइरहेको छ । आज र भोलि पनि अहिलेको जस्तो अवस्था रहीरहने पूर्वानुमान छ । वरिष्ठ मौसमविद वरुण पौडेल शनिबारदेखि मात्र मौसममा क्रमिक सुधार हुने बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तर तिर सरेर नेपाल नजिक अवस्थित छ । साथै भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत नेपालमा प्रभाव परेको छ । त्यसैले देशभर नै बदली भई हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

‘अहिले मनसुन सक्रिय छ । आज र भोलि पनि अवस्था यस्तै नै रहन्छ,’ वरिष्ठ मौसमविद पौडेलले  भने, ‘शनिबारदेखि केही सुधार हुन्छ ।’ उनका अनुसार गण्डकी, बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ ।

काठमाडौं उपत्यकाको हकमा दिउँसो केहीबेर वर्षा रोकिए पनि बादल नहट्ने र अपराह्न फेरि पानी पर्ने सम्भावना छ । राति वर्षाको मात्रा अझै बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद पौडेलले बताए ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा लेखिएअनुसार आगामी २४ घण्टा सुदूरपश्चिम प्रदेश लगायत कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

यी क्षेत्रहरूबाट बहने नदीको जलसतह बढ्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुनसक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । मौसमविद पौडेलले भने, ‘मनसुन सक्रिय भएकाले असुविधा र जोखिम हुने भएकाले सकेसम्म यात्रा नगर्दा राम्रो हुन्छ ।’

 

 

 

  • साझा परिवेश
  • बिहिबार, भदौ ७, २०८० १0:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट