

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन भन्दै पीडितले राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन् । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने प्रवन्ध मिलाइदिन भन्दै बिहीवार सूर्यदर्शन बचत पीडित संघर्ष समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडा समक्ष निवेदन […]
काठमाडौं । आमरण अनसनमा रहेका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका अध्यक्ष कुशलब केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । केसीलाई चैत १ गते भृकुटीमण्डपमा प्रदर्शनका क्रममा प्रहरीले कुटपिट गरी पक्राउ गरेर थुनामा राखेको र त्यही दिनदेखि उनले आमरण अनसन सुरु गरेको, दुई दिनपछि वीर हस्पिटल लगिएको र त्यसपछि रिहा गरेलगत्तै तिनकुनेमा आमरण अनसन रहेका […]
पश्चिमी न्यूनचापीय प्रणाली तथा विहार राज्यको आसपासको न्यूनचापीय प्रणालीको प्रभावले आज पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् चिरञ्जीवी भेटुवालका अनुसार अहिले काठमाडौँ उपत्यकासहित देशभर आंशिक बदली भएको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना छ। काठमाडौँमा […]
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार एक जना प्रतिवादी पक्राउ परेकी छन्। पक्राउ पर्नेमा नुवाकोटको ककनी घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्ने ३८ वर्षीय विद्या गुरुङ रहेकी छन्। न्हुच्छे माया श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विद्या गुरुङ भएको बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७९ साल असार १९ गतेको फैसलाले तिन दिन कैद […]
काठमाडौंं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफूले उद्यमी भएर काम गरेको ४५ वर्ष बितिसकेको भन्दै आफ्नो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरुलाई बुझाउन आवश्यक नरहेको बताउनु भएको छ। बिहीबार सरकारी वकील कार्यालयमा उपस्थित भइ बयान दिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले उद्यम र उद्यमी तथा करदातामाथि राजनीतिकरण गरेको आरोप लगाउनु भएको हो । सांसद चौधरीले सरकारले […]
कालीकोटमा आगोमा जलेर घाइते बाबु छोरीको उपचारका क्रममा मृत्यु भएको छ । खाँडाचक्र नगरपालिका-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते सोही ठाउँका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको हो । यही चैत २ गते बाख्रा चराउन गएको बेला गाउँ नजिकैको सामुदायिक वनमा लागेको डढेलोमा परेर बाबुछोरी […]
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेका छन् । पार्टीमा गुटगत राजनीति मौलाएको र कार्यविभाजनमा पार्टी केन्द्रले आफू निकटलाई मात्रै जिम्मेवारी दिएको भन्दै असन्तुष्ट बनेका शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् । शर्माले अब के गर्ने भन्ने विषयमा निर्णय लिइनसकेको, तर राजनीतिमा नै रहने बताए । त्यसका लागि तराई मधेशका […]
अर्थमन्त्री वर्षमान पुनले ठूला जलविद्युत आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रूसलाई आग्रह गरेका छन् । बुधबार सिंहदरबारस्थित मन्त्रालय पुगेका नेपालका लागि रूसी राजदूत अलेक्सेई ए.नोभिकोभलाई पुनले नेपालको जलविद्युत र मल उत्पादनमा लगानी ल्याउन आग्रह गरेका हुन् । “हामीले विद्युत्का लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौँ । नेपालको जलविद्युत क्षेत्र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि उपयुक्त […]
हेटौंडाबाट काठमाडौं जाने सबैभन्दा छोटो दुरीको हेटौंडा- चखेल-काठमाडौं सडक १६ दिनको लागि बन्द भएको छ । बुधवारबाट १६ दिनसम्मको लागि सडकमार्ग बन्द गरिएको हो । इन्द्रसरोवर गाउँपलिका- ५ ले सूचना जारी गर्दै सडक कालोपत्रेका लागि बेस बिच्छ्याउने काम सुरु भएको भन्दै चैत्र २३ सम्मको लागि सडकमार्ग बन्द रहेको जानकारी दिएको छ ।
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले आज फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटको दोस्रो चरणमा घरेलु टोली बहराइनको सामना गर्नेछ। नेपाली समयअनुसार खेल राती १२:४५ बजे सुरु हुनेछ। दशरथ रङ्गशालाको मैदान खेल्न उपयुक्त नभएपछि दुवै लेग बहराइनमा हुँदै छ। नेपाल पहिलो चरणमा लाओसलाई समग्रमा १–० ले हराउँदै दोस्रो चरणमा पुगेको थियो। समूह ‘एच’ मा […]
काठमाडौँ । पोल्याण्ड पठाइदिन्छु भन्दै ५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पर्वत फलेवास नगरपालिका-२ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका-९ बस्ने ३७ वर्षीय तिलक बहादुर सापकोटालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सापकोटाले १ जनालाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाई प्रतिष्ठित प्याकिङ कम्पनीमा मासिक १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक […]
काठमाडौँ । ललितपुर बालकुमारीमा डेरा गरी बस्ने उदयपुर कटारी नगरपालिका-२ गुराँस गाउँ घर भएका ३३ वर्षीय हरि खड्काको हत्यामा संलग्न रही फरार रहेका एक जना युवक पक्राउ परेका छन् । मकवानपुर गढी गाउँपालिका-१ पिङडाँडा बस्ने २३ वर्षीय बुद्ध बोम्जन मंगलबार प्रहरीले पक्राउ गरेको हो । ललितपुर महानगरपालिका-९ गुहे पोखरीमा २०७६ साउन २८ गते हरिलाई बुद्ध […]