

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
सुनसरीको धरानमा घाँटी रेटेको अवस्थामा किशोरीको शव फेला परेको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको सिमानाको खोल्सा नजिकै घाँटी रेटेको अवस्थामा अन्दाजी १८, १९ वर्ष उमेरको देखिने किशोरीको शव बुधबार दिउँसो फेला परेको हो। धरान उपमहानगरपालिका–१८ स्थित प्रतिष्ठान नजिकै रहेको वरको रूख नजिकै किशोरीको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको […]
एकीकृत समाजवादीले गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री दीपक मनाङेलाई स्पष्टीकरण लिने भएको छ। बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले कांग्रेस नेतृत्वको सरकारमा मन्त्री भएको भन्दै मनाङेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। ‘दीपक मनाङे पहिला हाम्रो पार्टीमा प्रवेश गर्नुभएको हो। पार्टी प्रवेश गरेकाले हाम्रोतर्फबाट मन्त्री पनि बन्नुभयो। तर अहिले कुनै छलफल नै नगरी […]
सालिन पोखरेल आत्महत्या घटनामा पक्राउ परेका विद्यालय प्रधानाध्यापकसहित तीन जना धरौटीमा छुटेका छन्। मङ्गलवारको थुनछेक बहसपछि चितवन जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको एकल इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। चितवनको रत्ननगरको शिशु निकेतनको छात्रावासमा बस्दै आएकी पोखरेल होस्टलको कोठामा मृत फेला परेपछि परिवारका सदस्यले पहिला बलात्कारपछि हत्याको दाबी गर्दै जाहेरी दिएका थिए। पोस्टमार्टम […]
हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईंका अङ्गरक्षकहरूलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। सर्वोच्च अदालत परिसरबाट सोमबार प्रहरीले प्रसाईंका सुरक्षामा खटिएका दुई जनालाई पक्राउ गरेको थियो। झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का र रामकुमार धिमाललाई जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज […]
राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । चैत १५ गतेदेखि सुरु भई २७ गतेसम्पन्न हुने परीक्षाका लागि बोर्डले उक्त सङ्ख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा. […]
१ लाख ८८ हजार ५ सय नगद सहित काठमाडौँ महानगरपालिका वडा नम्बर–३ स्थित बसुन्धाराबाट प्रहरीले ८ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले जुवा खालबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाग्लुङ्ग घरका ४९ वर्षीय कृष्ण प्रसाद श्रेष्ठ, काठमाडौँ घर भएका ४८ वर्षीय कोमल बहादुर प्याकुरेल, उदयपुर घर भएका ३० […]
नेपालले घरेलु मैदानमा आयरल्यान्ड वोल्भससँग दुई टी-२० र भारतमा खेल्ने त्रिकोणात्मक टी-२० सिरिजको लागि आफ्नो टोली घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा पछिल्लोपटक हङहङ भ्रमणमा राम्रो प्रदर्शन गरेका तीव्र गतिका बलर आकाश चन्दलाई समेटिएको छ । हङकङ भ्रमणमा नरहेका विकेटकिपर अनिलकुमार शाह पनि नेपालको टोलीमा छन् । नेपाली टोलीमा रोहित पौडेल […]
मनकामना केबलकार आज एक दिनका लागि बन्द भएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले आज एक दिनका लागि सेवा बन्द गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ। नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने र बिहीबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिएका छन ।
बचत तथा ऋण सहकारी संस्थाका नाममा रहेको सम्पत्ति धितोमा नेपाल राष्ट्र बैंकबाट छोटो अवधिको पुनर्कर्जा उपलब्ध गराउने सत्ता गठबन्धनले घोषणा गरेको छ । ‘ठूलो कारोबार गर्ने सहकारीलाई केही समय राष्ट्र बैंकको नियमन र सुपरीवेक्षणमा राख्न कानुनी प्रबन्ध गर्नेछौं,’ सत्ता गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा छ, ‘बचत तथा ऋण सहकारी […]
झापा । “बुढी अब म युद्ध क्षेत्रमा जाँदै छु । हामी पाँच जनालाई लगिँदै छ । फोन सम्पर्क नहुन पनि सक्छ । लोग्ने युद्धमा छ भनेर नरुनू । पिर चिन्ता नलिनू । छोराछोरीको राम्रोसँग ख्याल गर्नू । मेरो भर छैन ।” लालबहादुर घर्तीले रुसबाट श्रीमती भुमालाई अन्तिम पटक भनेको संवाद हो यो । गत माघ २ गते फोनवार्तामा लालबहादुरले ‘एक हप्तामा आउन सके […]
काठमाडौं । नेपालमा घर छाडेर सहर पस्नेभन्दा बिदेसिने दोब्बर रहेका पाइएको छ । यस्तै, महिला परिवारमुली भएका परिवारको संख्या र अनुपात पनि क्रमशः बढ्दै गएको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको नेपालको जनसंख्या, घर तथा परिवारको अवस्था, अपांगता र राष्ट्रिय जनगणना २०७८ र सञ्चारमाध्यम प्रतिवेदनले सो कुरा औंल्याएको हो । तथ्यांक कार्यालयका […]
आज कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानका साथै अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहनुका साथै कोशी, मधेस प्रदेशका केही स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षा हुनेछ । कोशी प्रदेशका उच्च पहाडी […]