

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से सूचक ३० अंकमाथिले घट्न पुगेको छ । अघिल्लो दिन २१ अंकले घट्दै २ हजार ९७.९३ अंकमा झरेको नेप्से सूचक आज थप ३०.९२ अंकले घट्दै २ हजार ६७ बिन्दुमा झरेको हो । आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.६९ अंकले घट्दै ३७३.९३ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ […]
व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राजधानीको लैनचौरबाट पक्राउ गरेको हो। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबी स्रोतले जनाएको छ। उनी प्रतिनिधिसभा सदस्य तथा अर्बपति व्यापारी विनोद चौधरीका भाइ हुन् । बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा […]
काठमाडौँ । निर्वाचन आयोग उप निर्वाचनको तयारीमा जुटेको छ । आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी आयोगले सरकारसँग प्रारम्भिक छलफल सुरु गरेको हो । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने तयारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले आगामी वैशाखमा […]
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोग लगायतका निकायमा रिक्त पदमा पदपूर्ती गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा रिक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा रौतहटका उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । नेपाल वायुसेवा निगमको उपाध्यक्षमा […]
गोदार । जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आजदेखि साहित्य, कला तथा नाट्य महोत्सव २०८० सुरु हुँदैछ । मैथिली भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवद्र्धनका विकासका निम्ति महोत्सव सञ्चालन गर्न लागिएको हो । आयोजक मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले महोत्सवको सम्पूर्ण तयारी भइसकेको बताए । महोत्सव माघ २२ गतेसम्म चल्ने छ । […]
काठमाडौँ । नेपाल प्रहरीले ६ सयभन्दा बढी नागरिकलाई ठगेको आरोपमा विकाश वाइबा भनिने सुजन तामाङ पक्राउ गरेको छ । उपत्यका अनुसन्धान कार्यालय काठमाडौँले ललितपुर लेलेबाट तामाङलाई पक्राउ गरेको हो । नुवाकोट घर भएको तामाङले युरोपियन मुलुक पटाउँछु भनेर ६९ करोड ठगिगरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । उनले आफ्नै […]
नेपाल प्रहरी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि कारबाहीलाई तीव्र पारेको छ। यस क्रममा प्रहरीले आर्थिक वर्ष २०८०/८१ को गत साउनदेखि पुससम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई सय ७२ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने दुई सय ४२ जनालाई कारबाही गरेको जनाएको छ। मापसेबाट गरिएको कारबाहीबाट […]
अर्थ मन्त्रालयले गणेशमान मार्ग (थानकोट–चित्लाङ सडकखण्ड) स्तरोन्नतिका लागि बजेट विनियोजन गरेपछि सो सडकखण्डको अनुगमन गरिइएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थ मन्त्रालयले यही माघ १२ गते सो मार्गलाई तत्काल स्तरोन्नतिको काम अगाडि बढाउन रु आठ करोड विनियोजन गरेको थियो। यसैबीच, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, चन्द्रागिरि नगर प्रमुख गिरी, उपप्रमुख वसन्ती […]
गण्डकी । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुनःनिर्माणपछि पूर्ववत् स्वरुपमा फर्किएको छ । पुुनःनिर्माणकै क्रममा पनि पर्यटक तथा दर्शनार्थीको आगमन नरोकिएको दरबार क्षेत्रमा अहिले भने दैनिक आउने पर्यटकको सङ्ख्या बाक्लै देखिन्छ । भूकम्पका कारण क्षतिग्रस्त दरबार, मन्दिरलगायत परिसरका अन्य संरचना सबैको पुनःनिर्माण लगभग सकिएको मन्दिरका मूल पुरोहित […]
दमक, । श्रीमतीलाई कुटपिट गरि हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिका वडा न. ७ का ३४ बर्षिय बिनोद राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक -७ सृजना टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दैआएका राईले आफनी २८ बर्षिया श्रीमती ममिला राईलाई कुटपिट गरि हत्या गरेका हुन् । […]
झापा । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले झापाका तीन स्थानमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएका छन् । आपराधिक गतिविधि नियन्त्रण तथा सीमा सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले स्थापना भएका बिओपीको आज उद्घाटन गरिएको छ । कचनकवल गाउँपालिका–४ डाँगीबारी, गौरीगञ्ज गाउँपालिका–४ अन्तामारी र गौरीगञ्ज–२ लालमाटीस्थित बिओपीको सशस्त्र प्रहरी बल नं […]
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार ५ सय रुपैयाँले बढ्दै १ लाख १९ हजार २ सय रुपैयाँ पुगेको हो । यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख […]