

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध र ठगीमा लागेका कसैलाई पनि छुट दिन नसक्ने बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले अपराध, ठगी र लुटमा लागेका कसैलाई पनि छुट नदिने बताएका हुन् । उनले आफ्ना कर्तव्य निर्वाह गर्दा माथिल्लो हस्तक्षेप नसहन सुरक्षा निकायलाई अपिल गरेका छन् । ‘अपराध, […]
बाँसवारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा ब्यापारी अरुण चौधरी पक्राउ प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मुख खोलेको छ। बिहीबार चौधरी पक्राउ परेलगत्तै निजी क्षेत्रले पत्रकार सम्मेलन गर्दै ब्यापारीमाथि प्रहरीले धरपकड गरिएको बताउँदै विराेध जनाएको थियो। शुक्रबार चौधरी प्रकरणकाबारेमा पत्रकार सम्मेलन गर्दै सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले ब्यापारीलाई त्यसै धरपकड नगरिएको प्रष्टिकरण दिए। […]
काठमाडौँ — भारतको झारखण्ड राज्यमा झारखण्ड मुक्ति मोर्चाका उपाध्यक्ष चम्पाई सोरेनले मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । राज्यपालका सीपी राधाकृष्णननले शुक्रबार राजभवनमा उनलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। जमिन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका हेमन्त सोरेनले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि सत्ता गठबन्धनले चम्पाईलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सारेको हो । शुक्रबार चम्पाईसँगै कांग्रेस नेता […]
भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–२ को वर्ल्याङस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययन गर्छन् । यस विद्यालयमा अध्ययनरत ९० विद्यार्थीमध्ये २३ बालबालिका चेपाङ समुदायको अग्रसरतामा सञ्चालनमा ल्याइएको छात्रावासमा बस्छन् । गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको यस छात्रावासका कारण चेपाङ बालबालिकाको पढाइमा सुधार भएको छ । शतप्रतिशत चेपाङ बालबालिकाले आवासीय सुविधा लिइरहेको यो छात्रावासमा कक्षा […]
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्ने भएका छन् । सभामुख घिमिरेले आसन्न संसदको हिउँदे अधिवेशन तयारीका सम्बन्धमा शुक्रबार अपरान्ह ४ बजे सिंहदरवारस्थित कार्यकक्षमा प्रमुख सचेतक र सतेकहरुसँग छलफलका लागि बोलाएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । संसदको हिउँदे अधिवशन माघ २२ गतेबाट सुरु हुँदैछ ।
इलाम । जिल्लाका विभिन्न क्षेत्रमा सुन्तला मासिँदै गएर उत्पादनमा कमी आएका बेला इलामको एउटा बगान भने उदाहरणीय बनेको छ । बीस रोपनी क्षेत्रफलमा इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईंले गर्नुभएको सुन्तला खेती लोभलाग्दो छ । यस वर्ष उनले रु १० लाखमा बगान बिक्री गरे । लटरम्म फलेका सुन्तला चाख्न, फोटो खिच्न र खेतीको तरिका सिक्न […]
नयाँ दिल्ली । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको ३२ वर्षको उमेरमै निधन भएको छ । शुक्रबार बिहान उनको सामाजिक संजालमार्फत निधनको खबर सार्वजनिक भएको हो । उक्त पोस्टमा पुनमको मृत्यु भएको लेखिएको छ । पाठेघरको मुखको क्यान्सरबाट उनको मृत्यु भएको जनाइएको छ । भारतीय संचारमाध्यमले ३२ वर्षको उमेरमै उनको निधन भएको बताएका छन् । […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शान्ति प्रक्रियाका काम चाँडो टुंग्याउने विषयमा छलफल भएको छ । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको भेटपछि ओलीले शान्ति प्रक्रियाका काम चाँडो टुंग्याउने विषयमा छलफल भएको जानकारी पत्रकारहरुलाई दिए । समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने […]
काठमाडौं । भिजिट भिसाको नाममा भएको मानव तस्करी प्रकरणमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काले बयानमा झुट बोलेको खुलेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको पोलिग्राफ जाँचका क्रममा उनले झुट बोलेको देखिएको हो । जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गर्दा प्रहरीले समावेश गरेको पोलिग्राफको प्रतिवेदनमा ‘डिसेप्सन इन्डिकेटेड’ लेखिएको छ । जाँच गरिएका व्यक्तिले झुटाे […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सामान्य मूल्य मान्यतामा पनि चल्न नसकेको बताएका छन्। बैङ्क, बिमा तथा वित्तीय संस्था कर्मचारी संघ नेपालको सातौँ राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट सरकार भएको बताएका हुन्। ‘यो सरकार काम नलाग्ने, अलोकतान्त्रिक र भ्रष्ट सरकार हो’, ओलीले भने। गठबन्धन सरकारले […]
बाँसवारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई धापासीस्थित ग्राण्डी अस्पतालमा रिफर गरिएको छ। बिहीबार पक्राउ परेका चौधरीलाई जिल्ला अदालत काठमाडौँले चार दिन हिरासतमा राख्न अनुमति दिएपछि उनी गएराति महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भएका थिए। चौधरीलाई चिरायुले रिफर गरेपछि ग्रान्डीमा राखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले जनाएकाे छ। यसैगरी साेही प्रकरणमा पक्राउ […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ। रास्वपाको संसदीय दलका सचेतक निशा डाँगीका अनुसार आगामी अधिवेशनमा पार्टीले उठाउने मुद्दा, अधिवेशनको पूर्ण तयारी र दलको नेताले सदस्यलाई तयारीबारे गरेका प्रश्नउपर छलफल गर्ने बैठकको मुख्य ‘एजेन्डा’ रहेको छ। उनले भनिन्, ‘आगामी अधिवेशनका […]