

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृह (बर्थिङ सेन्टर)को भौतिक संरचना जीर्ण भएको छ। जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ। प्रसूति गृहको जस्तापाता खियाले खाएर ठाउँठाउँमा प्वाल परेको छ भने टहराको वरिपरि वनमाराको घारी छ। प्रसूतिगृहमा कार्यरत सिनियर अनमी मिश्रीकुमारी श्रेष्ठका अनुसार वर्षायाममा पानी चुहिएर सुत्केरी र […]
काठमाडौँ । आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो । सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म […]
नेपालगञ्ज । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा दुई दिनअघि गर्ने भनिएको उडान सोमबार सम्भव भएको हो । अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण ‘भिजीबिलीटी’ कमहुँदा गत शनिबार उडान भएको थिएन । पर्यटन व्यवसायी केशव न्यौपानेले भारतीय पर्यटकसहितको हिमाली उडानले नेपालगञ्जको खस्कँदो व्यवसायलाई […]
काठमाडौँ । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा आज विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने परम्परा छ । गत वर्षहरूमा जस्तै यस वर्ष […]
गणेश कुमार श्रेष्ठ ताप्लेजुङ : माघ १४ गतेदेखि बेपत्ता पाँचथरको याङ्वरक गाउँपालिका गणेशचोक छेउ ढाँडगाउँकी २६ वर्षीया यमुना भुर्तेल चापागाईँ मृत अवस्थामा भेटिएको छ । २५ दिनको नाबालकसहित बेपत्ता यमुनाको शव सोमबार तमोर नदी किनारमा भेटिएको हो । आठराई त्रिवेणी गाउँपालिका–२ माटेको तमोर नदी किनारमा शव भेटिएको हो । शिशुको अवस्था भने अज्ञात रहेको जिल्ला […]
गणेश कुमार श्रेष्ठ ताप्लेजुङको पाथिभरा(मुकुम्लुङ)मा केबलकार राख्न नहुने भन्दै सोमबार फुङलिङ बजारमा प्रदर्शन भएको छ । केबलकार निर्माणले सो क्षेत्रको बन जंगल विनास हुने तथा पर्यावरणमा असर पुग्ने र प्रसिद्ध धार्मिक स्थल डेटिङ स्पटमा परिणत हुने, मुन्धुमी स्थलको अतिक्रमण हुने जस्ता तर्क अगाडि सारिएको छ । मुकुम्लुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किराँत याक्थुङ […]
विज्ञापन बोर्डले सार्वजनिकस्थानमा राखिने होडिङबोर्ड र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ। बोर्डले साेमबार आयोजना गरेको ‘विज्ञापनमा कलाकारहरुको भूमिका’ विषयक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ जारी भएपछि यस क्षेत्रलाई नियमन र व्यवस्थित गरिएको बताए। उनले विज्ञापनमा स्वदेशी कलाकारलाई प्रोत्साहन दिन त्यस्तो प्रबन्ध […]
काठमाडौँ । आजपनि नेप्से सूचक दोहोरो अंकले बढेको छ । अघिल्लो दिन १०.३७ अंकले बढ्दै नेप्से सूचक २ हजार ९४.४६ अंकमा पुगेकोमा सोमबार थप १०.२६ अंकले बढ्दै २ हजार १०४.७२ अंकमा उक्लिएको हो । उसो त आज कारोबारमा समेत केही बढोन्नती आउँदै ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । अघिल्लो […]
इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेललाई चिकित्सकले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा दिएका छन्। इण्डियन आइडलको आइतबारको एपिसोडमा भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित उक्त विशेष चस्मा प्रदान गरेका हुन्। रियालिटी शोको मञ्चमै मेनुकाले उक्त चस्मा लगाएर डेमो प्रदर्शन समेत गरिएको थियो। लता मंगेशकरको गीतमा पर्फम गरेपछि मेनुकालाई चस्मा उपहार दिन […]
सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ वटा निर्माण तथा आपूर्ति कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । ‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी २२ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो […]
झापाको छुट्टाछुट्टै दुई स्थानमा आगलागी भएको छ । आगलागीबाट बाख्रा र कुखुरासहित लाखौँको क्षति भएको छ । आइतबार साँझ ६ः५० बजेको समयमा बाह्रदशी ७ डाँगीवारिमा विजय राजवंशीको टिनको छानो टाटीबेराले बनेको भान्सा घर र बाख्राको गोठमा अचानक आगलागी भएको हो । आगलागीबाट भान्सा कोठामा रहेको अन्नपात ,लत्ताकपडा ,भाँडावर्तन , गोठ र गोठमा रहेको ७ वटा […]
काठमाण्डाै – पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले चलचित्रमा अभिनय गर्ने भएका छन् । अभिनेता रमित ढुङ्गानाको डेब्यु निर्देशन रहने ‘नमेटिने घाउ’ नामको चलचित्रमा ओलीले प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्न लागेका हुन् । चलचित्रको छायाङ्कन फागुन दोस्रो हप्तादेखि शुरु हुने निर्देशक एवम् अभिनेता ढुङ्गानाले बताए । हिजो ओलीको उपस्थितिमा काठमाण्डौमा चलचित्रको शुभमुहूर्त पनि गरिएको […]